April 29, 2025

असोजमा ३ सय ७६ सवारी साधन कारवाही

October 20, 2020
फोटो : हल्कारो समाचार ।
- ADVERTISEMENT -

चितवन / जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अव्यवस्थित पार्किङ गर्ने सवारीलाई कारवाही गरेको छ । चाडपर्वसँगै बजारमा भीड बढेपछि कारवाहीलाई तीव्र पारिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिए ।
मुख्य राजमार्ग र बजार क्षेत्रका सडकहरुमा बढ्दै गएको सवारी चापलाई मध्यनजर गरी सुरु गरिएको व्हिल लकरचेन लक गर्न थालिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख दयाकृष्ण भट्टले बताए ।
उनका अनुसार असोज महिनामा ३ सय ७६ सवारी साधनलाई कारवाही गरिएको छ । सडक, फुटपाथ र पार्किङ निषेधित क्षेत्रमा अनधिकृत रुपमा जथाभावी सवारी पार्किङ नगर्न आग्रह गरिँदै आएको उनको भनाइ छ । साथै तीव्र गतिका कारण जिल्लामा हुने सवारी दुर्घटना कम गर्न राडार गन मार्फत् पनि सवारीको गति चेकजाँच गरिँदै आएको उनको बताए ।

- ADVERTISEMENT -