May 18, 2024

तीन लाख २१ हजार नक्कली नोटसहित एक पक्राउ

October 22, 2020
फोटो : हल्कारो समाचार ।

चितवन / जिल्ला प्रहरी कार्यालय चितवनले रु ३ लाख २१ हजार नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालीका वडा नम्बर ८ का २६ वर्षीय जीतबहादुर लोप्चन रहेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी नान्तिराज गुरुङले जानकारी दिए ।
एसपी गुरुङका अनुसार मंगलबार राप्ती नगरपालिका वडा नम्बर ५ चौकीडाँडाबाट उनलाई पक्राउ गरेको हो । उनले भण्डाराको युनिक होटलमा खाजा खाएर तिरेको रु १ हजार र बर्तौला किराना पसलमा खाद्यान्न सामान किने वापत तिरेको रु ६ हजार समेत नक्कली रहेको र अन्य रकम लोप्चनको घरमा लुकाई राखेको अबस्थामा वरामद गरिएको हो ।
पक्राउ परेका उनलाई जिल्ला अदालत चितवनबाट मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्दा सम्बन्धी कसुरमा समय थप गरी अनुसन्धान सुरु गरिएको एसपी गुरुङले बताए । यस कसुरमा १० वर्ष सम्म कैद वा रु १ लाखसम्म जरिवानाको व्यवस्था रहेको छ । उनीसँग संलग्न दुई जनाको खोजी कार्य जारी रहेको उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -