March 19, 2025
- ADVERTISEMENT -

नेपालमा थप ४४९९ संक्रमित, १ लाख ५ हजार बढी निको

October 23, 2020

काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४९९ जनामा कोरोना भाइरस संक्रमण (कोभिड–१९) पुष्टि भएको छ । शुक्रबार थप ४ हजार ४९९ जनामा कोरोना भाइरस संक्रमण (कोभिड–१९) पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ४ हजार ४९९ जनामा संक्रमण देखिएको हो । योसँगै कुल संक्रमितको संख्या एक लाख ५३ हजार ८ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १ लाख ५ हजार ४८८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ६६८ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

- ADVERTISEMENT -