January 21, 2025
- ADVERTISEMENT -

आज कोजाग्रत पूर्णिमा, बडा दशैँ सकिदैँ

October 30, 2020

काठमाण्डौ / दशैँ आज (शुक्रबार) समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा बेलुका महालक्ष्मीको पूजा गरी जाग्राम बसेसँगै दुर्गापक्ष सकिन्छ ।
विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने क्रम पनि सकिनेछ । जमरालाई नजिकको नदी, तलाउ, पोखरीमा सेलाइन्छ । कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत भने भोलि रहेको छ ।
नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । मध्यरातमा पूर्णिमा परेकाले कोजाग्रत पूर्णिमा मनाउने निर्णय गरिएको समितिले जनाएको छ ।
आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दशैँमा यसवर्ष कोरोना भाइरस सङ्क्रमणको जोखिम र महामारीका कारण विगतमा जस्तो चहलपहल देखिएन । दशैँ सकिएसँगै कार्तिक स्नान र आकाशदीपदान भोलिदेखि सुरु हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -