March 19, 2025
- ADVERTISEMENT -

सलाङघाटमा जीप दुर्घटना, ५ जना घाइते

October 31, 2020

धादिङ / धादिङको सलाङघाटमा जीप दुर्घटना हुदा ५ जना घाइते भएका छन्। बुटवलबाट काठमाण्डौ जादै गरेको बा १२ च ४४१० नम्बरको जिप पृथ्वी राजमार्गको सलाङघाटमा दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन्।
जीप सडकबाट खोल्सामा खसेर दुर्घटना भएको र सबै घाइतेको उद्धार गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसप) युवराज खड्काले जानकारी दिनुभयो।
घाइतेहरुको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको छ। दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।

- ADVERTISEMENT -