२०८३ श्रावण ३, आईतवार
July 19, 2026
२०८३ श्रावण ३, आईतवार
July 19, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मौरीपालन व्यवसायबाटै वार्षिक १० लाख आम्दानी

प्रकाशित मिति : २०७७ कार्तिक १६ गते

–अनिल श्रेष्ठ
अधिकांश मानिसहरु व्यवसाय गर्न रुचाउँछन् । व्यापार गरेर कसैले सफलता हासिल गर्छन् त कसैले असफलता । यो जरुरी छैन कि सबैले सफलता नै पाउँछन् भन्ने कुरामा । सफलता कमै मानिसको भाग्यमा रहेको पाइन्छ ।
यस्तै एकजना किसान मौरीपालनको व्यवसाय गरेर वार्षिक रु. १० लाखसम्म आम्दानी गर्दै आइरहेका छन् । उनी हुन् लमजुङ हाँडीखोला गाउँका कालु दुरा । त्यसो त हाँडीखोलामा अधिकांश घर दुरा, केही घर गुरुङ र केही घरहरु परियार र विश्वकर्माको रहेका छन् ।
एक समय कालू दुरा गाउँमै सामान्य व्यवसाय गर्थे । व्यापार छाडेपछि उनले केही समय गाउँमै खेती किसानी पनि गरेका थिए तर हाल मौरी पालन व्यवसायतर्फ आकर्षित छन् । अहिले यही पेशाबाट मनग्य आम्दानी गर्छन् । उनले मौरी व्यवसाय सुरु गरेको झण्डै आठ वर्ष भयो । त्यसयता भने उनले यस्ता पिरलोलाई खासै भोग्नु परेको छैन ।
‘माहुरी व्यवसाय सुरु गरेदेखि घरखर्च चलाउनको अहिले पैसा छैन भन्नु परेको छैन,’ कालु दुरा भन्छन् । उनले मह र माहुरीको घार बिक्रीबाट नै वर्षेनी आठदेखि दश लाखसम्म आम्दानी गर्छन् । उनलाई अहिले यो व्यवसायमा उनकी श्रीमती धनमाया दुराले साथ दिएकी छिन् । उनका दुई छोराहरुमध्ये जेठो नेपाली सेनामा र कान्छा पोर्चुगलमा छन् । दुई छोरीहरुको विवाह भइसकेको छ । ‘मौरीपालन व्यवसायले नै आफूले आफ्ना परिवारलाई सक्षम बनाउन सफल भएको’ कालु दुरा बताउँछन् ।
उनले मौरीपालन व्यवसाय सुरु गर्नुअघि उनको घरमा एउटा मात्र परम्परागत मुढेघार थियो पछि मौरीको घार बढाउनका लागि भनेर उनले एउटा उन्नत घार किने । त्यससँगै जिल्ला कृषि कार्यालयबाट २ वटा उन्नत घार अनुदानमा लिए । यसले उनलाई मौरीपालन व्यवसाय गर्न थप उत्साहित ग¥यो । त्यसपछि उनी आफैले मौरीका घारहरु बनाउन सुरु गरे । ७–८ वर्षदेखि कालु दुरा निरन्तर यो व्यवसायमा छन् । अहिले उनीसँग झण्डै ५ रोपनी जग्गामा ७० घार माहुरी छन् ।
वर्षेनी ८०–९० लिटर मह उत्पादन र बिक्री गर्छन् । ‘प्रतिलिटर १२ सय रुपैयामा मह बिक्री हुने गरेको उनी बताउँछन् । उनले वर्षको दुईपटक मह काढ्छन् । कार्तिक र जेठ मह काढ्नका लागि उपयुक्त समय रहेको उनी बताउँछन् । भोर्लेटार, दुराडाँडा र सुन्दरबजारका मह व्यापारी उनीकहाँ मह किन्न आउँछन् ।
उनले मह उत्पादनसँगै घार सहितको माहुरी बिक्री पनि गरिरहेका छन् । उनले वर्षमा झण्डै ९० देखि एकसय वटासम्म घारसहितको माहुरी बिक्री गर्छन् । यसवर्ष तनहुँको मिर्लुडमा मात्रै ८० घार माहुरी बिक्री गरेर पठाएको उनी बताउँछन् । प्रति घार माहुरीको मूल्य ९ हजार रहेको छ । यसरी वर्षेनी घारसहितको माहुरीको बिक्री बढ्दै गएपछि उनी आफैले घार पनि बनाउन थालेका छन् । उनले घार बनाउनका लागि उत्तीस, टुनी र महुवाका काठहरु प्रयोग गर्छन् ।
सुरुमा मौरीपालन सम्बन्धी खासै कुनै ज्ञान नभएपनि कामले काम सिकाउँछ भनेझैँ एकदुई घार मौरीलाई स्याहारसुसार गर्दागर्दै उनी मौरीपालनमा रमाउन थाले र यसैलाई व्यवसाय बनाए । अहिले उनले मौरी व्यवसायबाट नै वार्षिक ८ देखि १० लाखसम्म आम्दानी गरेको बताउँछन् ।
कालु दुरा भन्छन् – ‘कुनै पनि काम गर्दा सबैभन्दा ठूलो धैर्यता हुनुपर्दो रहेछ । हामी काम गरिसकेपछि छिटो नाफा खोज्छौं । यो कामले नाफा भएन भनेपछि त्यो कामै छाडिदिन्छौ र अर्को काम थाल्छौं । यसले हाम्रो मिहिनेत पनि खेर जान्छ । समय पनि खेर जान्छ र पैसा पनि खेर जान्छ । काम गर्न सके सुगम र दुर्गम भन्ने हुँदैन रहेछ । हाँडीखोलाको यस्तो अनकण्टार ठाउँ, तपाईहरुले पनि अहिले आउँदा देखिहाल्नु भो अप्ठ्यारो । यस्तो ठाउँमा पनि मान्छेहरु आउँछन् र मह सङ्कलन गरेर लैजान्छन् ।’

–इच्छाकामना न्यूजबाट

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.85
176.53
UK Pound Sterling
1
206.60
207.41
Swiss Franc
1
190.34
191.09
Australian Dollar
1
107.17
107.59
Canadian Dollar
1
109.57
110.00
Singapore Dollar
1
119.11
119.58
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.35
10.39
Swedish Kroner
1
15.91
15.97
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.85
409.44
Omani Rial
1
399.36
400.91