Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘पहाडकी रानी’ पर्यटकीय स्थलमा बन्ने भो ‘ग्रेटवाल’

प्रकाशित मिति : २०७७ कार्तिक १६ गते

तनहुँ / ‘पहाडकी रानी’ को नामले परिचित तनहुँको पर्यटकीय स्थल बन्दिपुरमा ‘ग्रेटवाल’ निर्माण कार्य भइरहेको छ । पर्यटकीय गतिविधिलाई थप वृद्धि गर्नका लागि बन्दिपुर गाउँपालिकाको आर्थिक सहयोगमा ‘ग्रेटवाल’ निर्माण भइरहेको हो ।
विश्व प्रसिद्ध चीनको ग्रेटवाल जस्तै देखिने यो आयोजनालाई तनहुँको ऐतिहासिक र पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना रहेको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए ।
यो पर्खाल बन्दिपुर गाउँपालिका–२ थानिमाई मन्दिरदेखि मुकुन्देश्वरी डाँडासम्म झण्डै चार किलोमिटरको लम्वाईमा बन्ने भएको छ । प्राकृतिक दृश्य अवलोकन र सुन्दरताको कारण ‘पहाडकी रानी’ उपनामले प्रसिद्ध कमाएको बन्दीपुरमा ‘मिनी ग्रेटवाल’ निर्माण पछि पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा लिइएको अध्यक्ष थापाको भनाइ छ । आवश्यक बजेटका लागि पहल भइरहेको जनाउँदै अध्यक्ष थापाले हालसम्म एक हजार एक सय मिटर लम्वाई पर्खाल लगाउने काम सकिएको छ । गाउँपालिकाका अनुसार उक्त आयोजनाका लागि हालसम्म ७० लाख रुपैयाँ बजेट खर्च भइसकेको छ ।
गमुकुन्देश्वरी डाँडा तत्कालिन राजा मुकुन्द सेनले शासन गरेको रहेको ऐतिहासिक तथ्य रहेको छ । मिनि ग्रेटवालभित्र रहेको पदमार्गमा घोडाबाट सवार गर्ने व्यवस्था मिलाईने बन्दीपुर उनले बताए ।
‘टिकट काटेर घोडाको सवार गरिने हुँदा गाउँपालिकालाई आम्दानी हुने तथा स्थानीय युवाहरुहरुले पनि रोजगार पाउने गरी दोहोरो फाईदा हुने विश्वासमा मिनिग्रेटवाल निर्माण गत वर्ष देखि शुरु गरिएको हो ।’ गाउँपालिकाका अध्यक्ष थापाले भने ।
पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहनेछ । मिनी ग्रेटवाल निमार्ण नौलो काम भएकोले आर्कषण लागेको स्थानीहरुले बताउने गरेका छन् । मुकुन्देश्वरी डाँडामा सङ्ग्रहालय बनाउने लक्ष्य पनि राखिएको छ । काठमाडौँ, पोखरा र सौराहा जस्ता पर्यटकीय केन्द्रहरुको बीचमा रहेको बन्दीपुरलाई पर्यटकीय क्षेत्रको केन्द्रको रुपमा विकास गर्ने गाउँपालिकाको योजना छ ।
मिनिग्रेटवाल निर्माणले बन्दीपुरमा आउने पर्यटकलाई थप आर्कषण हुने भएकोले कोभिड–१९ को महामारीको समयपछि बन्दीपुरमा पर्यटक थप वृद्धि हुने अपेक्षा गरिएको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधान बताउनुहुन्छ । तनहुँको डुम्रे बजारबाट नौ किलोमिटर नागवेली उकालो यात्रा तय गरेपछि बन्दिपुर पुगिन्छ । जहाँबाट मनोरम हिमश्रृङ्खला, पहाड, टाकुरा हेर्न सकिन्छ ।
पश्चिमको धौलागिरीदेखि अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, बुद्ध हिमाल देखि पूर्वका गणेश हिमाल र टाङटाङ, हिम श्रृङ्खलाका सयौं चुचुरा बन्दीपुरबाट देख्न सकिन्छ । प्रमुख आर्कषण दोहोरो लाईन मिलाईएका ढुङ्गाले छाईएका कलात्मक घर, नेवारी संस्कृति, सफा र राम्रा बाटो, थानीमाई खड्गमाई, बिन्धवासिनी मन्दिर, तीनधारा, रानीवन, फराकिलो टुँडिखेल, शहिद पार्क लगायतका बन्दीपुरको हेर्न लायक स्थान हुन् ।
बजार वरपर गुृरुङ समुदायको घाँटु, मगर समुदायको कौरा, स्थानीय खानाका परिकारले पर्यटकलाई लोभ्याउँछ । नेपालको उत्कृष्ट हिल स्टेशन मानिने बन्दीपुरमा यहाँको स्थानीय नेवार समुदायबाट विभिन्न पर्वमा प्रस्तुत गरिने खड्गजात्रा, गाईजात्रा, रोपाईजात्रा, लाखे नाचको लागि जिल्लामै अग्रस्थानमा छ । बन्दीपुर प्याराग्लाइडिङको लागि पनि प्रख्यात ठाउँ हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51