December 4, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

जित निकाल्दै दिल्ली र बैङलोर प्लेअफमा प्रवेश

November 3, 2020

युएई / युएईमा जारी आइपीएल अन्तरगत अन्तिम खेलमा जित निकाल्दै दिल्ली क्यापिटल्स प्ले अफमा प्रवेश गरेको छ । रोयल च्यालेन्जर्स बैंङलोरलाई ६ विकेटले पराजित गर्दै दिल्लीले प्ले अफमा स्थान पक्का गरेको हो । त्यति मात्र नभई दिल्ली १६ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ र पहिलो क्वालिफायर खेल्ने मौका पाएको छ । उसले पहिलो क्वालिफायरमा एक खेल अगावै १८ अंकका साथ शीर्ष स्थानमा रहेको मुम्बई इण्डियन्ससंग प्रतिस्पर्धा गर्नेछ । सो खेलमा विजयी हुने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित भएमा दोस्रो क्वालिफायर खेल्ने मौका पाउने छ ।
हारको बाबजुद बैंङलोर पनि प्ले अफमा प्रवेश गरेको छ । कोलकत्ता नाइटराइडर्सलाई नेटरन रेटमा पछाडी पार्दै बैंङलोर प्लेअफमा स्थान बनाएको हो । हाल चौथो स्थानमा रहेको कोलकत्ताको प्ले अफ संभावना अझै जिवितै छ भने आज हुने मुम्बई इण्डियन्स र सनराइजर्स हैदराबादसंगको खेलको नतिजा कुर्नुपर्ने छ । आजको खेलमा हैदराबाद विजयी भए कोलकत्ता बाहिरिने छ भने हैदराबाद पराजित भए कोलकत्ता प्लेअफमा पुग्ने चौथो टोली बन्ने छ ।
गयराति भएको निकै महत्वपूर्ण खेलमा ६ बल बाँकी छदै दिल्लीले बैंङलोरलाई ६ विकेटले पराजित गर्न सफल भएको हो । बैंङलोरले दिएको १५३ रनको लक्ष्य पछ्याएको दिल्ली १९ ओभरमा ४ विकेट गुमाउँदै १५४ रन बनाउँदै जित हासिल ग¥यो ।
दिल्लीका लागि अजिङके रहानेले ६० रनको उत्कृष्ट पारी खेले भने ओपनर शिखर धवनले ५४ रनको अर्धशतकिय पारी खेले । यी दुईको प्रदर्शनले दिल्लीलाई जितको लागि सहज बनेको थियो । ओपनर पृथ्वी शा पुनः चल्न सकेनन् र मात्र ९ रन बनाएर आउट भए । कप्तान श्रेयस एयर पनि मात्र ७ रन बनाएर आउट भए । मार्कस स्टोनिस १० र ऋषभ पन्त ८ रनमा अविजित रहे । बैंङलोरका सहबाज अहमदले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले व्याटिङ गरेको बैंङलोरले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १५२ रन जोडेको थियो । उसका लागि ओपनर देवदत्त पडिकलले ५० रनको अर्धशतिक पारी खेले । उनलाई नोर्कियाले बोल्ड आउट गरेपछि बैंङलोरको पारी धर्मराएको थियो । एबि डिभिलियर्स ३५ रनमा रनआउट भए भने कप्तान विराट कोहली रविचन्द्र आश्विनको बलमा क्याचआउट हुनुअघि २९ रन जोड्न सफल भए ।
दिल्लीको जितमा एनरिक नोर्कियाले ३ विकेट, कागिसो राबाडाले २ र रविचन्द्र आश्विनले एक विकेट लिए ।

- ADVERTISEMENT -