April 13, 2024

भारतीय सेनाध्यक्ष नरवणे काठमाडौं आइपुगे

November 4, 2020

काठमाडौं / भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल आइपुगेका छन् । सेनाध्यक्ष नरवणे तीन दिने नेपाल भ्रमणका लागि भारतीय वायु सेनाको विमानमार्फत बुधबार दिउँसो उनी काठमाडौं आइपुगेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नरवणेको भ्रमण टोली दुईवटा विमानमा काठमाडौं आएको हो । नेपाली सेनाको जंगीअड्डा स्रोतले नरवणेको भ्रमणमा चार सदस्यीय टोली रहेको उल्लेख गरेको छ ।

- ADVERTISEMENT -