चितवन / प्रहरीले नक्कली नोट कारोबार गर्ने एकजनालाई पक्राउ गरेको छ । नक्कली नोट कारोबारमा संलग्न भएको आरोपमा मकवानपुर जिल्ला राक्सीराङ गाउँपालिका ५ बस्ने ४५ वर्षीय रामबहादुर थिङ पक्राउ परेको इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक राजीव गिरीले जानकारी दिए ।
प्रनि गिरीका अनुसार चितवनको जुटपानीबाट बुधबार राति ९ बजे उनलाई पक्राउ गरेको हो । यसअघि प्रहरीले राक्सीराङ गाउँपालिका वडा नम्बर ८ निवासी २६ वर्षीय जितबहादुर लोप्चनलाई नक्कली नोट सहित पक्राउ गरेको थियो ।
प्रहरीले उनको घर र उनले रकम तिरेका व्यक्तीहरुबाट समेत ३ लाख ५१ हजार नक्कली नोट बरामद गरेको थियो भने सोही मुद्दाको अनुसन्धानको क्रममा थिडको संलग्नता देखिएको आधारमा उनी पक्राउ परेको प्रनि गिरीले बताए ।
नक्कली नोट कारोबारमा संलग्न एक पक्राउ
November 5, 2020
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -