चितवन / जिल्ला प्रशासन कार्यालय चितवनले देउसीभैलो खेल्न रोक लगाउने भएको छ । जिल्लावासीहरुलाई आउँदै गरेको नेपालीको दोस्रो महान् पर्व तिहारमा देउसीभैलो खेल्दा कोरोना संक्रमण (कोभिड–१९) बढ्न सक्ने भएकाले यस वर्ष नखेल्न प्रशासनले आग्रह गरेको हो ।
जिप्रका चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार तिहारमा घरदैलोमा जाने, देउसीभैलो खेल्ने, दान दक्षिणा उठाउने काम गर्न नपाइने भएको छ । यो समयमा देउसीभैलो भन्दा आफ्नो, आफन्त र समाजको स्वास्थ्यको ख्याल राख्नुपर्ने उनले बताए
उनले कोभिड–१९ लाई मध्यनजर गर्दै तिहारमा पूर्णरूपमा देउसीभैलो खेल्न निषेध गरिएको जानकारी दिए । यदि कसैले अटेर गरी देउसीभैलो खेलेको पाइएमा कानूनी कारवाही गरिने उनले भने । स्वास्थ्य सुरक्षाको उचित प्रबन्ध मिलाएर आफ्नै घरभित्र रहेर चाडपर्व मनाउन प्रशासनले आग्रह गरेको छ ।
चितवनमा देउसीभैलो नखेल्न प्रशासनको आग्रह
November 8, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
