May 18, 2024

चितवनमा मोटरसाइकल चोरी गर्ने ७ जना पक्राउ

November 8, 2020

चितवन / प्रहरीले चितवनका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने सात जनालाई पक्राउ गरेको छ । उनीहरुलाई विभिन्न मितिमा भाटभटेनी सुपर स्टोर अगाडि, कटहरचोक, नहरचोक पावर हाउसचोक, विक्रममार्गबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी नान्तिराज गुरुङले जानकारी दिए ।


एसपी गुरुङका अनुसार पक्राउ पर्नेहरुमा बारा जिल्ला करैयामाई गाउँपालिका–५ घर भई चितवनको खैरहनी नगरपालिका–९ बस्ने २८ वर्षीय विजय चौधरी, बाराको सोही स्थानमा घर भई अहिले भरतपुर महानगरपालिका–३ बस्ने वर्ष १९ को राकेश चौधरी हुन् ।
त्यसैगरी बारा कोल्हवी नगरपालिका–७ बस्ने वर्ष २४ को महेश चौधरी, भरतपुर महानगरपालिका–११ बस्ने वर्ष २६ को दिनेश गुरूङ, भरतपुरकै २५ वर्षीय मनोज दराई रहेको उनले बताए ।
उनले चोरीका मोटरसाइकल किन्ने खैरहनी नगरपालिका–१२ का २४ वर्षीय समिर चौधरी र सोही स्थान स्थायी ठेगाना भएको २८ वर्षीय अमृत चौधरी रहेको बताए । उनीहरुबाट चारवटा मोटरसाइकल, मोटरसाइकलको लक तोड्ने र चाबी बनाउने सामग्रीहरु पनि बरामद गरेको छ भने चार वटा बेवारिसे मोटरसाइकल पनि बरामद गरेको प्रहरीको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -