काठमाडौं । नव निर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो कार्यकालका योजना बनाउन सुरु गरेका छन् । हाल विश्वभरि कोरोना भाइरसको महामारी फैलिरहेकाले कोरोना नियन्त्रणलाई बाइडेनको टोलीले आफ्नो प्रमुख प्राथमिकतामा राख्ने बताइएको छ ।
उनका टोलीका अनुसार अमेरिकामा कोरोना भाइरस परीक्षणको दायरा बढाइने छ भने सर्वसाधारणहरूलाई मास्क लगाउन अनिवार्य गरिनेछ । बाइडनले जातीय विभेद र जलवायु परिवर्तन जस्ता मुद्दाको सामना गर्दै अर्थतन्त्रमा ध्यान केन्द्रित गर्ने बताइएको छ ।
बाइडेनको कार्यकालको सुरुमा नै अमेरिका पुनः जलवायु सम्बन्धी पेरिस सम्झौतामा प्रवेश गर्ने तयारी छ । राष्ट्रपति वाइडेनले पहिलो सम्बोधनमा नै यो निको हुने समय भएको बताएका थिए । डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बनेका उनले देशलाई विभाजित नभएर एकताबद्ध पार्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
- ADVERTISEMENT -

‘कोरोना नियन्त्रण प्रमुख प्राथमिकता’
November 9, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
