२०८२ कार्तिक २१, शुक्रबार
November 7, 2025
२०८२ कार्तिक २१, शुक्रबार
November 7, 2025 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिति : २०७७ कार्तिक २५ गते
Sketch
- ADVERTISEMENT -

चितवन / पश्चिम चितवनमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका वडा नम्बर १ का ४५ वर्षिय सुकबहादुर पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।
प्रवक्ता थापाका अनुसार कालिका नगरपालिका वडा नम्बर ६ खोलेसिमलमा पुरुषोत्तम कंडेलको घर बनाउने क्रममा रडले बिजुलीको तार छुन गई उनलाई करेन्ट लागेको हो ।
करेन्ट लागि घाइते भएका उनको उपचारका लागि भरतपुर ल्याउने क्रममा सोमबार बाटोमै मृत्यु भएको उनले बताए । करेन्ट लागेका पाख्रिनलाई जोगाउने क्रममा स्थानीय अनिश श्रेष्ठ सामान्य घाइते भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -