काठमाडौं / आउँदै गरेको लक्ष्मीपूजाका लागि नेपाल विद्युत् प्राधिकरणले विशेष योजना बनाएको छ । तिहार र त्यसमा पनि लक्ष्मीपूजाको दिन लोडसेडिङ नहोस् भनेर विशेष योजना बनाइएको प्राधिकरणले जनाएको छ । चार वर्षभन्दा अघिका अधिकांश लक्ष्मीपूजाका दिन लोडसेडिङ हुने भएपनि प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले यही दिनदेखि अनपेक्षित रूपमा लोडसेडिङ अन्त्य गराएका थिए ।
विद्युत् प्राधिकरण आउँदो लक्ष्मीपूजाका लागि समेत झिलिमिली कायम गर्ने गरी तयारी अघि बढाएको छ । प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आन्तरिक उत्पादन र भारतबाट आयात गरेर लक्ष्मी पूजाका लागि विशेष योजना बनाएको बताउँछन् । ‘लक्ष्मी पूजाको दिन झिलिमिलिलाई कायमै राख्न निजी क्षेत्र र प्राधिकरणबाट १ हजार ५० मेगावाट तथा भारतबाट २ सय ५० आयात गरेर बिजुलीको प्रबन्ध गर्ने योजना बनाएका छौं,’ उनी भन्छन्, ‘कोभिडको कारणले लक्ष्मीपूजाको दिन माग गत वर्षकै जस्तै १३ सय मेगावाट हुने प्रक्षेपण गरी सो अनुसारको व्यवस्थापन गर्ने गरी योजना बनेको छ ।’
ढल्केबर–मुजफ्फरपुर, टनकपुर, कटैया–कुसाहाबाट २ सय ५० मेगावाट सजिलै ल्याउन सकिने प्राधिकरणले जनाएको छ । लक्ष्मीपूजाका लागि पर्याप्त बिजुली भए पनि वितरण लाइनको समस्या लगायतले केही क्षेत्रमा प्राविधिक समस्या आउने सक्ने भन्दै प्राधिकरणले तत्काल समस्या समाधानका टोली समेत बनाएको छ । प्राधिकरणका निमित्त कार्यकारी निर्देशक शाक्यले प्राधिकरण वितरण निर्देशानालयका उपकार्यकारी निर्देशक लगायतलाई बोलाएर मंगलबार सबै फिडरहरू तयार अवस्थामा राख्न, ट्रान्सफर्मरहरू तयारी अवस्थामा राख्न तथा कुनै समस्या आएमा तत्काल सम्बोधन गर्ने टोली प्रिचालन गर्न निर्देशन समेत दिइसकेको बताए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

प्राधिकरणको लक्ष्मीपूजामा लोडसेडिङमुक्त गराउने तयारी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.76
145.36

European Euro
1
170.70
171.41

UK Pound Sterling
1
196.72
197.54

Swiss Franc
1
186.09
186.86

Australian Dollar
1
101.01
101.43

Canadian Dollar
1
105.78
106.22

Singapore Dollar
1
113.68
114.16

Japanese Yen
10
9.22
9.26

Chinese Yuan
1
20.86
20.95

Saudi Arabian Riyal
1
38.60
38.76

Qatari Riyal
1
39.61
39.77

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
39.41
39.58

Malaysian Ringgit
1
36.67
36.82

South Korean Won
100
9.87
9.91

Swedish Kroner
1
15.98
16.05

Danish Kroner
1
22.86
22.95

Hong Kong Dollar
1
18.52
18.60

Kuwaity Dinar
1
473.69
475.65

Bahrain Dinar
1
383.97
385.56

Omani Rial
1
376.02
377.58












