चितवन / राजधानी बाहिर कोभिड–१९ को उपचारमा नेतृत्वदाही भूमिका निर्वाह गर्दै आएको भरतपुर अस्पतालमा ४५ शैंयाको हाई डिपेन्डेन्सी युनिट (एचडियू) निर्माण थालिएको छ । दुई साता भित्रमा सञ्चालनमा आउने गरी काम भईरहेको भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजन पाण्डेले बताए ।
डा. पाण्डेका अनुसार निर्माणको काम थालेर सामग्री खरिद प्रकृयालाई अघि बढाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ शैंयाको एचडियू निर्माण गर्न भनेको भए पनि अस्पताल विकास समितिले ४५ शैंयाको निर्माण गर्न लागेको उनको भनाइ छ ।
कोभिड–१९ भएर अक्सिजनको आवश्यक पर्ने बिरामीलाई उपचारका लागि एचडियू बनाउन लागिएको हो । छिटो, छरितो प्रकृयाबाट सामान खरिद गरी एचडियू सञ्चालनमा ल्याइने उनको भनाइ छ ।
उनले भने ‘यो एचडियू सघन उपचार कक्षको काम गर्ने गरी बनाउँदै छौ । जहाँ भेन्टिलेटर समेत जडान हुनेछ ।’ एचडियूमा हाई फ्लो न्याजल क्यानोला समेत जडान गरिने छ । जसले बिरामीलाई आवश्यक अक्सिजन उपलव्ध गराएर सहज वनाई उपचार गर्न सहयोग पुग्ने छ ।
एचडियूमा पाँचवटा भेन्टिलेटर जडान गरिने छ । एचडियू वनेसँगै कोभिड–१९ का बिरामीलाई शैंयाको अभावमा बाहिर पठाउनु नपर्ने उनको तर्क छ । यससँगै हाल सञ्चालनमा रहेको १६ शैंयाको कोभिड सघन उपचार कक्षलाई बढाएर २० पु¥याइ“दै छ ।
अस्पतालले हाल रहेका सघन उपचार कक्ष मध्ये १० वटामा कोभिड प्रमाणित भएका र ६ वटामा आशंका गरिएकालाई राख्दै आएको छ । पाण्डेका अनुसार अन्य बिरामीका लागि सञ्चालनमा रहेका सघन उपचार कक्षको क्षमता बढाएर २० पु¥याईदै छ । अहिले १० शैंयाको सघन उपचार कक्ष संञ्चालनमा रहेको छ ।
हाल अस्पतालमा चालु अवस्थामा ९ वटा भेन्टिलेटर छन् । जसमध्ये पाँच वटा साधारण सघन उपचार कक्ष र चार वटा कोभिड सघन उपचार कक्षमा प्रयोग गरिएको छ । अस्पतालमा आइसोलेसन सहित सबै गरेर १ सय ७५ जना कोभिडका बिरामी उपचारका लागि शैंया तयारी अबस्थामा छन् । हिजो आज दैनिक ४० हाराहारी कोभिड–१९ का बिरामी हुने गरेको अस्पतालले जनाएको छ । भरतपुर अस्पतालले कोभिड प्रयोगशाला समेत संञ्चालन गर्दै आएको छ ।
यस अस्पतालमा चितवन सहित आसपासका १९ जिल्लाबाट बिरामी उपचारका लागि आउँछन् । ६ सय शैंयाको यस अस्पताल दुई वर्ष अघि संघिय अस्पताल बनेको हो ।
November 11, 2020
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -