२०८२ मंसिर २४, बुधबार
December 10, 2025
२०८२ मंसिर २४, बुधबार
December 10, 2025 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गुणस्तरहीन एलईडी बल्ब बिक्री गर्न नपाइने

प्रकाशित मिति : २०७७ कार्तिक २७ गते
- ADVERTISEMENT -

काठटमाडाैं / नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्डभित्र नपरेका एलईडी बल्ब बिक्रीमा रोक लगाउने भएको छ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षतामा बुधबार मन्त्रालयमा बसेको नेपाल गुणस्तर परिषद्को १०५ औँ बैठकले गुणस्तरहीन एलईडी बल्बको बढ्दो बिक्री वितरणलाई ध्यानमा दिएर एलईडी बल्बको मापदण्ड तोकेको हो।
विभागले एलईडी बल्बको आयु १५ हजार घण्टा तोकेको छ। विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बजारमा गुणस्तरहिन एलईडी बल्बको प्रयोग बढेकाले मापदण्ड तोकिएको जानकारी दिए। “६ महिनाभित्र मापदण्ड पूरा नगर्ने बल्ब बिक्रीमा रोक लगाउँछौँ,” उनले भने।
विभागका अनुसार विजुलीको खपतको समेत मापदण्ड बनेको छ। एलईडी बल्बमा आँखालाई प्रभाव नपार्ने लाइटिङ प्रणाली हुनुपर्ने मापदण्डमा छ। विश्वव्यापीरुपमै आँखाको ज्योतिलाई कुनै असर नगर्ने बल्ब उत्पादन भइरहेको विभागले जनाएको छ। रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -