२०८३ श्रावण २, शनिबार
July 18, 2026
२०८३ श्रावण २, शनिबार
July 18, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनको ‘सिन्ती झरना’मा पर्यटक रमाउँदै

प्रकाशित मिति : २०७७ कार्तिक ३० गते
फोटो : खबर तरंग ।

चितवन / कालिका नगरपालिका वडा नं. ९ र १० स्थित ‘सिन्ती झरना’ले हाल आन्तरिक गन्तव्यको रुप लिँदै गएको छ । पर्यटकीय नगरी चितवनको सौराहाबाट नजिकै रहेको ‘सिन्ती झरना’ अवलोकनका लागि दैनिक ४÷५ सय मानिस आउने गरेको कालिका नगरपालिका मेयर खुमनारायण श्रेष्ठ बताउँछन् ।
‘सिन्ती झरना’ अवलोकन गर्न आउने संख्या लकडाउन र निषेधाज्ञामा केही कमी नआएको र शहरबाट छोटो दुरीमै प्रकृति नियाल्न सकिने भएकाले कोरोना महामारीका बिच पनि मानिसको बाक्लो उपस्थिति रहेको मेयर श्रेष्ठको भनाइ छ ।
उनका अनुसार पूर्व पश्चिम राजमार्गको टाँडी बजारबाट १८ किलोमिटरको दुरीमा शक्तिखोरको दोगरा पुगिने र दोगरामा साँढे दुई किलोमिटर पैदल यात्रा गरेपछि सिन्ती झरना पुगिने छ ।
जिल्लाभित्र र छिमेकी जिल्लाहरुबाट पर्यटकहरु आउने गरेका छन् भने बच्चादेखि वृद्धवृद्धासम्म आउने अवलोकन लागि आउने गरेका छन् । खैरहनीका ‘सिन्ती झरना’ अवलोकनकर्ता शर्मिला वाग्लेले भविष्यमा यसले राम्रो पर्यटकीय गन्तव्यको रुपमा लिने र यस क्षेत्रको विकासमा टेवा मिल्ने बताइन् ।
पछिल्लो समय लोकप्रिय बनेको टिकटक बनाउन र सेल्फी खिच्नकै लागि युवायुवतीहरु झरनासम्म पुग्ने गरेको पाइन्छ । लकडाउन खुलेसँगै झरना अवलोकन गर्ने पर्यटकको संख्या बढेपछि त्यहाँका स्थानीयहरुले झरना जाने बाटो छेउमै पर्यटक सम्बद्ध व्यवसाय सुरु गरेका छन् । झरनालाई नै लक्षित गरेर स्थानीयवासीहरुबाट एक दर्जन बढी होटल तथा रेस्टुरेन्ट सञ्चालन गरी सकेका छन् ।
पर्यटकलाई लक्षित गरेर सुरु गरिएको पसल र होटलले स्थानीयको जिविकोपार्जनमा सहयोग मिलेको छ भने सो झरनालाई पर्यटकीय स्थलको रुपमा विकास गर्न कालिका नगरपालिकाले डिपीआर बनाएरै काम सुरु गरिसकेको मेयर श्रेष्ठ बताउँछन् ।
कालिका नगरपालिकाका इन्जिनियर राजेश कोइरालाका अनुसार गत आर्थिक वर्षबाट साढे दुई किलोमिटरको रुटमा शौचालय र कपडा फेर्ने घर निर्माण भइरहेको छ । यस झरना विकासको लागि एक करोड रुपैयाँ बजेट छुट्याइएको र सिराइचुली र उपरदाङगढीको आधार क्षेत्रमा रहेकोले पर्यटकको बसाइ लम्ब्याउन सक्ने सम्भावना नगरपालिकाले देखेको उनी बताउँछन् ।
झरना नजिकै पर्यटकीय होटलहरु सञ्चालन गरेर एक रात पर्यटकलाई झरनामै राख्ने दीर्घकालीन योजना नगरपालिकाको रहेको उनले थपे । शहरबाट नजिकैको प्राकृतिक दृश्य अवलोकन गर्न सकिने भएकाले यो क्षेत्र पर्यटकीय गन्तव्यको रुपमा विकास हुने विश्वास व्यक्त गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.85
176.53
UK Pound Sterling
1
206.60
207.41
Swiss Franc
1
190.34
191.09
Australian Dollar
1
107.17
107.59
Canadian Dollar
1
109.57
110.00
Singapore Dollar
1
119.11
119.58
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.35
10.39
Swedish Kroner
1
15.91
15.97
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.85
409.44
Omani Rial
1
399.36
400.91