June 25, 2024

नेपालमा थप ५०२ कोरोना संक्रमित

November 18, 2020

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा थप ५०२ कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । मंगलबार थप ५०२ कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सोही अवधिमा २ हजार ८७८ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ छ ।
पछिल्लो २४ घण्टामा १७ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २४७ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -