April 13, 2024

मानुङमा बस दुर्घटना, १ को मृत्यु ५ घाइते

November 18, 2020

दमौली / तनहुँको मानुङ डाँडामा हायस बस दुर्घटना भएको छ । सुर्योदय अवलोकनका लागि यात्रु बोकेर दमौलीबाट मानुङतर्फ जाँदै गरेको ग १ ख २९४२ नम्बरको यात्रुवाहक हायस बस भीरबाट खसेर दुर्घटना भएको हो ।
उक्त दुर्घटना परि एक जनाको ज्यान गएको छ । ज्यान जानेमा पोखरा महानगरपालिका गगनगौडा निवासी करिब २८ वर्षकी सुनिता गुरुङ रहेका छन् ।
घटना लगत्तै उद्धार गरिएकी उनको उपचारका क्रममा दमौलीको रत्नहरी अस्पतालमा ज्यान गएको ट्राफिक प्रमुख रेशम रानाभाटले जानकारी दिए । अरु पाँच घाइते छन् ।
बिहान सवा ४ बजेतिर उकालो लाग्दै गरेको हायस मानुङ पुग्नै लाग्दा ब्रेकरका कारण उक्लन नसके पछि ब्याक भएको थियो । सोही क्रममा ६ सय मिटर तल खसेर दुर्घटना भएको प्रत्यक्षदर्शी अनुप आलेले जानकारी दिए ।

- ADVERTISEMENT -