June 14, 2024

मोटरसाइकल दुर्घटना : रुखमा अड्किएको अवस्थामा उद्धार

November 18, 2020
फोटो : इच्छाकामना न्यूज ।

मुग्लिन / मुग्लिन–नारायणगढ सडक खण्ड अन्तरगत चेपाङ डाँडा नजिकै मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा परी घाइते भएका एकजनाको उद्धार गरी उपचारको लागि भरतपुर अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिन जनाएको छ ।
प्रहरीका अनुसार दिउँसो करिब ३ः४५ बजे चेपाङडाँडाको मोडमा ग७प २०२३ नं. को मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा परेका घाइतेलाई रुखमा अड्किएको अवस्थामा स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरिएको हो । घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -