चितवन / नेपालमा जाडोयाम सुरु भएसँगै दिनप्रति दिन चिसो बढ्दै गएको छ । हिमाली भेगमा हिउँ पर्न थालेपछि चिसो पहाडतिर बढ्दै गएको छ । उच्च पहाडी तथा हिमाली भेगमा मौसम सामान्य बद्ली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् बरुण पौडेलका अनुसार उच्च पहाडी तथा हिमाली भेगमा मौसम आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना रहेको छ । बाँकी ठाउँको मौसम भने सामान्यतया सफा नै रहने बताइएको छ ।
राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा नै हुनेछ । मौसमलाई प्रभाव पार्ने खालको कुनै पनि प्रणाली विकास नभएकाले आज र भोलि मौसम बद्ली हुने सम्भावना नरहेको उनले बताए ।
बिहान बेलुका तराईका भू–भागमा हल्का कुहिरो लागेपनि दिउँसो घाम लाग्नेछ । मौसम सफा हुने भए पनि हावाको तापक्रम भने घट्ने भएकाले चिसो बढ्न सक्ने पनि महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।
November 19, 2020
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -