काठमाडौं । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वनासको बाटोमा गएको टिप्पणी गरेका छन् ।
नेपाली रेडियो नेटवर्कमा शुक्रबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै सल्लाहकार थापाले खुमलटारबाट प्रधानमन्त्री ओलीविरुद्ध दाहालले षड्यन्त्र गरेको आरोप लगाए । उनले अराजनीतिक प्रतिवेदन ल्याएर दाहालले ठूलो भुल गरेको बताएका छन् ।
‘उहाँ (प्रचण्ड) सर्वनास र विनासको बाटोमा जानुभयो । खुमलटार षड्यन्त्रको खानी रहेछ । रातारात हर्कतमा उत्रिनुभएको छ’, थापाले भने, ‘सचिवालयको बैठकमा अराजनीतिक प्रस्ताव राख्नुभएको छ । मूल्य र मान्यता, विधान, प्रक्रिया र भावनाको उल्लंघन गर्नुभएको छ । कुठाराघात गर्नुभएको छ ।’
सल्लाहकार थापाले दोस्रो वरीयताका अध्यक्ष दाहाल निहीत स्वार्थमा केन्द्रित भएको बताएका छन् ।
‘विनासकाले विपरित बुद्धिका साथ परिचालन हुनुभएको छ । नेतृत्वलाई खुइल्याउन लाग्नुभयो’, उनले भनेका छन् ।
‘आफूभन्दा सिनियर अध्यक्षविरुद्ध गाली गलौजमा उत्रिनुभएको छ । यो उहाँको संस्कारहीनता र धुन्दुकारी प्रवृत्ति हो’, थापाले कडा टिप्पणी गर्दै भनेका छन् ।
दाहालको व्यक्तिगत कुण्ठा र अराजनीतिक प्रतिवेदनले गर्दा ओली–दाहालबीच कात्तिक २५ गतेदेखि प्रत्यक्ष सम्वाद हुन नसकेको बताए ।
‘कात्तिक २५ गतेदेखि प्रधानमन्त्री ओली र उहाँबीच सम्वाद भएको छैन । प्रत्यक्ष सम्वादको अन्त्य भएको छ’, थापाले भने, ‘उहाँले नैतिकता धरातल गुमाउनुभएको छ ।’
‘११ लाख मतको प्रतिनिधित्व गर्ने व्यक्ति (प्रचण्ड)ले ३३ लाख मतको प्रतिनिधित्व गर्ने व्यक्ति (ओली)लाई पूर्वाग्रहबाट दोष लगाउने व्यक्तिलाई यत्तिकै छाड्ने खालको विषय होइन । उहाँको दुष्टता हो ।’
प्रेस सल्लाहकार थापाले प्रधानमन्त्री ओलीले दोस्रो वरीयताका अध्यक्ष दाहालको जवाफ तथ्यको आधारमा दिएर अगाडि बढ्ने बताए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

‘प्रचण्ड सर्वनासको बाटोमा जानुभयो’ – थापा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.64
148.24

European Euro
1
168.55
169.24

UK Pound Sterling
1
195.27
196.06

Swiss Franc
1
186.56
187.31

Australian Dollar
1
103.07
103.49

Canadian Dollar
1
107.62
108.06

Singapore Dollar
1
115.01
115.48

Japanese Yen
10
9.24
9.28

Chinese Yuan
1
21.41
21.49

Saudi Arabian Riyal
1
39.34
39.50

Qatari Riyal
1
40.39
40.56

Thai Baht
1
4.55
4.57

UAE Dirham
1
40.20
40.36

Malaysian Ringgit
1
37.49
37.64

South Korean Won
100
9.83
9.87

Swedish Kroner
1
15.57
15.64

Danish Kroner
1
22.56
22.65

Hong Kong Dollar
1
18.86
18.94

Kuwaity Dinar
1
481.70
483.65

Bahrain Dinar
1
391.05
392.64

Omani Rial
1
383.48
385.04











