चितवन / राष्ट्रवादी चितवन समाजले ‘नेपाली हामी रहौंला कहाँ, नेपालै नरहे’ भन्ने नारासहित परिचयात्मक तथा बृहत छलफल कार्यक्रम गरेको छ । शनिबार कमलनगरमा चितवनका युवाहरुले स्वतःस्फूर्तमा एक भेटघाट कार्यक्रम मार्फत ‘परिचयात्मक तथा बृहत छलफल’ कार्यक्रम गरेको हो ।
राष्ट्रवादी पवित्रा जोशीले पानसमा दियो प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेको थियो । कार्यक्रम बोल्दै जोशीले हामी राष्ट्रवादीहरु एउटै धागोमा उनिएर एउटा माला बनेर राष्ट्रको लागि एक ढिक्का भएर उभिनु जरुरी भएको बताए । जुनसुकै परिचयमा उभिए पनि राष्ट्रको लागि राष्ट्रवादीको मालामा गाँसिनु पर्नेमा उनले जोड दिए ।
उनले देशमा गणतन्त्र आएपछि इतिहास मेट्ने काम भएको र पीडाबोधले उकुसमुकुस भएको गुनासो गरिन् । देश धेरै दलदलमा फसिसकेको अवस्था भएकोले अब हामी राष्ट्रियताको लागि एकजुट भए लाग्नुपर्नेमा उनले आग्रह गरे । राष्ट्र नहरे, हामी रहँदैनौ, हामी नेपाली नै नभए हाम्रो पहिचान नहुने र हाम्रो जीवन जिउनुको कुनै औचित्य नभएको उनले जिकिर गरिन् ।
कार्यक्रममा पृथ्वीनारायण शाह स्मृति प्रतिष्ठानका अध्यक्ष मोहनविक्रम सिंहले आफू बाँचौ, अरुलाई पनि बचाऔैँ भन्ने दीर्घकालीन सोचले अघि बढुनु पर्ने बताए । कुनै पनि दलगत स्वार्थतिर आकर्षित नभई स्वतन्त्र भएर राष्ट्रवादी हुन सबैलाई उनले आह्वान गरे ।
कार्यक्रममा नारायण सापकोटा, दामोदर श्रेष्ठ, सरोज घिमिरे, प्रकाश गैरे, लक्ष्मण कँडेललगायतका उपस्थिति रहेको थियो । कार्यक्रमका आयोजक विपिन तन्डुकार रहेको थियो भने संचालन सलाउद्दिन मियाले गरेका थिए ।
November 21, 2020
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -