चितवन / पुर्वअर्थमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सुरेन्द्र पाण्डे विरुद्ध उनकै निर्वाचन क्षेत्रमा नाराबाजी भएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपि शर्मा ओली विरुद्ध केहि दिनदेखि लगातार अभिव्यक्ति दिएका पाण्डेलाई ओली निकटका कार्यकर्ताहरुले एक कार्यक्रममा नाराबाजी गरेका हुन् ।
राप्ती–७ विरेन्द्रनगरमा भएको कार्यक्रममा पाण्डे विरुद्ध नाराबाजी भएको हो । राप्ती पाण्डेको बलियो पकड भएको क्षेत्र पनि हो । कार्यकर्ताहरुले गुटबन्दी पार्टीमा चाहिदैन, पार्टी एकता जिन्दावादको नारा लगाएका थिए ।
पाण्डे प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलिविरुद्ध अभिव्यक्ति दिन थालेपछि कार्यकर्ताले नाराबाजी गरेका थिए । नाराबाजीपछि पाण्डे कार्यक्रम स्थलबाट बाहिरिएका थिए । उनी चितवन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।
पुर्वअर्थमन्त्री पाण्डे विरुद्ध उनकै निर्वाचन क्षेत्रमा नाराबाजी
November 22, 2020
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -