Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

स्वाब संकलन प्रभावकारी बनाउन मोबाइल भ्यान सञ्चालन

प्रकाशित मिति : २०७७ मंसिर ८ गते
फोटो : तेमान अनलाइन ।

काठमाडौं / काठमाडौं महानगरले आइतबारदेखि स्वाब संकलनका लागि मोवाइल भ्यान सञ्चालनमा ल्याएको छ । महानगरले उपलब्ध गराएको सवारी साधनमा नेपाल विज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठानले पोजेटिभ एअर प्रेसर मेन्टेन्ड कक्ष जडान गरेर महानगरलाई हस्तान्तरण गरेपछि भ्यान सञ्चालनमा आएको हो ।
राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा प्रतिष्ठानका सचिव डा. महेशकुमार अधिकारीले महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई भ्यान हस्तान्तरण गरेका हुन् ।
कोभिड १९ महामारी रोकथाम, नियन्त्रण र उपचार कार्यलाई अझ बढी प्रभावकारी बनाउन मोवाइल भ्यानमार्फत स्वाब संकलन सुरु गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले जानकारी दिए ।
महानगरपालिकासँग उपलब्ध सीमित जनशक्तिबाट पनि प्रभावकारी काम अघि बढाइएको भन्दै उनले गरिरहेका कामलाई अझ प्रभावकारी बनाउन नास्टको प्राविधिक सहयोगमा निर्माण भएको मोवाइल भ्यानमार्फत स्वाब संकलनको काम शुरुवात गरिएको बताए ।
‘यो भ्यानमार्फत अशक्त, अपाङ्गता भएका, दीर्घ रोगी र जेष्ठ नागरिक जो विभिन्न कारणले चाहेर पनि घर बाहिर निस्केर त्यस्ता व्यक्तिका लागि बढी प्रभावकारी हुनेछ ।’ मेयर शाक्यको भनाइ थियो ।
त्यस्ता व्यक्तिको स्वाब संकलनमा विशेष प्राथमिकतामा राखेर कार्य अघि बढाइनेछ । शाक्यले भने, कोरोनालाई कमजोर ठानेर लापर्वाह नगर्न सुझाव दिनुभयो । ‘सरकारको तर्फबाट हामी लागिरहेका छौँ । स्थानीय व्यक्ति र समूदाय पनि हातेमालो गरेर अघि नबढ्ने हो भने यसलाई नियन्त्रण गर्न सकिन्न । सरकारले गरिहाल्छ भनेर सर्वसाधारणले हेलचेक्राई, गर्ने हो भने महामारी नियन्त्रण भन्दा बाहिर जानसक्छ । नेपाल सरकारले तोकेको मापदण्ड भित्र रहेका नागरिक र कन्ट्याक्ट ट्रसिङमा परेका शंकास्पद व्यक्तिलाई निशुल्क परीक्षण गर्न महानगरपालिका तयार छ । लक्षित वर्गलाई उपचारबाट बञ्चित नगराउने हाम्रो अभियानलाई साथ दिएर सकेसम्म असहाय, विपन्न र जेष्ठ नागरिकलाई प्राथमिकता दिन र सक्नेले आफै परिक्षण गर्न पनि अनुरोध छ ।’
‘प्रविधिमा आधारित यो प्रणालीबाट सुरक्षित सेवा प्रदान गर्न सहयोग पुग्ने भन्दै प्रमुख प्रकाशकीय अधिकृत राजेश्वर ज्ञवालीले अनुसन्धान र विकासका क्षेत्रमा प्रतिष्ठानसँग सहकार्यलाई निरन्तरता दिइने बताए । ‘सवारीमा जडान भएको कक्षमा बसेर १ पटकमा २ जनाको स्वाब लिन सकिनेछ । हरेकको स्बाव लिइसकेपछि कक्षमा भएको स्वीच थिचेपछि स्बाव लिइएको ठाउँ स्वचालित रुपमा निसंक्रमण हुनेछ ।’
भ्यानको बिशेषता बताउँदै नास्टका बरिष्ठ प्राबिधिक अधिकृत डा. शंकर ढकालले भने, ‘यसमा जसको स्वाब लिइएको छ । उसैले भिटिएम आइस बक्समा राख्नुपर्नेछ । स्वास्थ्यकर्मीलाई पीपीइ लगाउँदा हुने झन्झटबाट कमी गराउन यो कक्षको निर्माण गरिएको हो । यस अघि संकट व्यवस्थापन केन्द्र, नेपाल प्रहरीलगायतका संघ संस्थाका लागि यस्तै प्रकारको प्रणाली उपलब्ध गराइसकेका छौं ।’
यो वुथ निर्माण गर्न ३ लाख २० हजार ६ सय रुपैयाँ उपलब्ध गराएको हो । यसको प्राबिधिक पक्षको विकास र जडान नास्टले गरेको हो ।
सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन बिभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार भोलिबाट वडा स्तरीय सेवाका लागि भ्यान परिचालन हुनेछ । आज सभा गृहबाटै प्रशासन विभागका प्रमुख महेश काफ्ले, वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठलगायत अधिकारीहरुको स्वाब संकलन गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51