December 4, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर अस्पतालको मेसु पदमा डा. तिवारी नियुक्त

November 24, 2020
फोटो: हल्कारो समाचार ।

चितवन / भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट पदमा डा. जगन्नाथ तिवारी नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको मन्त्रीस्तरको निर्णय अनुसार तिवारी अस्पतालको निमित्त प्रमुख मेसुका नियुक्त भएका हुन् ।
यसअघि अस्पतलाका प्रमुख मेसु डा. राजन पाण्डेले गत बुधवार पदबाट राजीनामा दिएपछि तिवारीलाई नियुक्त गरिएको हो । उनलाई मंगलबार अस्पतालमा स्वागत गरिएको छ ।
उनले मंगलबारबाट नै कार्यभार समेत सम्हालेका छन् । डा. तिवारी भरतपुर अस्पतालको ईमर्जेन्सी विभागका विभागीय प्रमुख रहेका थिए ।

- ADVERTISEMENT -