March 16, 2025
- ADVERTISEMENT -

कृषि मन्त्री लामालाई थप उपचारको लागि काठमाडौं

November 24, 2020

हेटौँडा / बागमती प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दाबा दोर्जे लामालाई हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ । कोरोना पुष्टि भई हेटौँडा–९ मा रहेको सरकारी निवासमा आराम गरिरहेका उनलाई असहज महसुस भएपछि मंगलबार बिहान नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौं लगिएको जनाइएको छ ।
मन्त्री लामालाई मंसिर ५ गते हेटौँडा–१० मा रहेको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको थियो । उनी होम आइसोलेसनमा बसेका थिए । उनलाई थप उपचारका लागि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा लगाएको मन्त्रीको निजी सचिवालयले जनाएको छ ।

- ADVERTISEMENT -