July 25, 2024
- ADVERTISEMENT -

नेपालमा थप १७९० संक्रमित, २७९१ जना संक्रमणमुक्त

November 24, 2020

काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । मंगलबार थप १ हजार ७९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ७९० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ७९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ४ हजार ८५८ जना संक्रमणमुक्त भएका छन् । आजै कोरोनाबाट थप २४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३६१ पुगेको छ ।
नेपालमा हाल संक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ । क्वारेन्टिनमा भने ६२७ जना रहेका छन् ।

- ADVERTISEMENT -