चितवन / भरतपुर अस्पताललाई भेन्टिलेटरसहित २० लाखभन्दा बढीको स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ । कोका–कोला फाउण्डेसन नेपाल र नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को साझेदारीमा सोमबार उक्त सामग्री अस्पताललाई हस्तान्तरण गरिएको हो ।
कोरोना महामारी विरुद्धको लडाईंमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, विरामी र स्वयंसेवकहरुको सुरक्षाको लागि सो स्वास्थ्य सामग्री र उपकरण हस्तान्तरण गरिएको बताइएको छ ।
नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपकोषाध्यक्ष होम पाठक र चितवन रेडक्रस शाखाका सभापति ज्ञानशाली न्यौपानेले भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण गरिएका सामग्रीमा १६ लाख ३२ हजार आठसय पचास रूपैयाँ मुल्यको आइसीयूमा प्रयोग हुने एक थान भेन्टिलेटरका साथै ६ हजार पिस सर्जिकल मास्क, २ हजार ५ सय जोडी सर्जिकल पन्जा, एकसय थान सुरक्षा पोशाक, केएन ९५ मास्क दुई सय थान र ५० थान सुरक्षा चस्मा रहेका छन् ।
ती सबै सामग्रीहरुको मूल्य २० लाख ३ हजार ६ सय सन्ताउन्न रहेको नेपाल रेडक्रसका केन्द्रीय उपकोषाध्यक्ष पाठकले बताए । नेपाल रेडक्रस र कोकाकोला नेपालको यो साभेदारी केन्द्रीय स्तरमा मात्र नभई प्रदेश र जिल्ला तहमा पुग्न पाएकोमा खुशी भएको बताए । अस्पताललाई सहयोग गरेकोमा कोका–कोला फाउण्डेसन र नेपाल रेडक्रस सोसाइटी (नेरेसो)लगाएतका सहयोगीदातालाई भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. अधिकारीले आभार व्यक्त गरे ।
कार्यक्रममा भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. जगन्नाथ तिवारी, नेपाल रेडक्रसका केन्द्रीय सदस्य तीर्थराज घिमिरे र कुमार थापा, प्रताप विष्ट, नेरेसो स्वास्थ्य सेवा विभागका निर्देशक पवन गुप्ता, कोकाकोलाका प्रतिनिधि प्रवन्धक विक्रम केसी, नेपाल रेडक्रस सोसाइटी चितवनका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
भरतपुर अस्पताललाई भेन्टिलेटरसहित २० लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण
November 24, 2020
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -