नमोबुद्ध / काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकामा रहेको बौद्ध धर्मोलम्बीहरुको ऐतिहासिक धार्मिक तिर्थस्थल नमोबुद्धमा यो बर्षको पुर्णिमा मेला स्थगित गरिएको छ ।
नमोबुद्ध नगरपालिकाका प्रमुख टंकप्रसाद शर्माले आज एक सूचना प्रकाशित गर्दै मेला स्थगित गरिएको जानकारी दिएको हो ।
यहि मङ्सिर १५ गते लाग्नु पर्ने मेला कोरोना भाईरसका कारण स्थगित गरिएको सुचनामा उल्लेख गरिएको छ । प्रत्यक बर्ष कार्तिक शुक्ल पुर्णिमाका दिन लाग्ने बृहत् मेला यो बर्ष भने स्थगित गर्ने र्निर्णय भएको नगर प्रमुख शर्माले जनाएको छ ।
मेलामा नगरपालिका तथा छिमेकी पालिकाहरुबाट समेत भक्तजनहरुको भिड हुने गरेको र यसले कोरोना भाईरस संक्रमणको जोखिम बढाउन सक्ने भएकोले यो बर्षका लागि भने मेलाका सबै कार्यक्रम स्थगित गरिएको सुचनामा उल्लेख गरिएको छ ।
- ADVERTISEMENT -

काभ्रेमा हुने नमोबुद्ध पुर्णिमा मेला स्थगित
November 25, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
