May 20, 2024

हेटौंडा–४ बाट १४ जना जुवाडे पक्राउ

November 27, 2020

हेटौंडा / मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर ४ बाट ३ लाख ३२ हजार ८ सय ९२ रुपैयाँ सहित १४ जना जुवाडे पक्राउ परेका छन् ।
बिहीबार राति वडा नंबर ४ का दिलबहादुर मोक्तानको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
प्रहरीले पक्राउ परेका उनीहरुको साथबाट १२ बुक तास र ३१ वटा कौडा समेत बरामद गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यलय मकवानपुरले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -