April 13, 2024

रुकुम जन्ती बोकेको जीप दुर्घटना, चार जनाको मृत्यु

November 29, 2020

रुकुम / आठबिसकोटमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । आठबीसकोट नगरपालिका–८ दाजेमा जन्ती बाकेको रा १ ज ५८९ नम्बरको जिप दुर्घटना हुदा शुक्रबार बेलुका ४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी ठगबहादुर केसीले जानकारी दिए ।
डिएसपी केसीका अनुसार मृत्यु हुनेहरूमा सोही वडा निबासी ५१ ववर्षीया कालिभान नेपाली, ४८ का आइते नेपाली, ५१ का गोरे नेपाली र ६६ वर्षीय सार्की नेपाली रहेका छ्न । लालबहादुर नेपाली गम्भीर घाइते भएका छ्न ।
गाडी चिप्लिएर १ सय मिटर तल दुर्घटना भएको हो भने गाडी चालक डिल्लीबहादुर नेपाली फरार भएको डिएसपी केसी बताए ।

- ADVERTISEMENT -