काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री वेइ फेङ्हेले दुई देशबीचको सम्बन्ध समस्यारहित रहेकाले आपसमा भएका सहमति र सम्झौता कार्यान्वयन प्रक्रिया अघि बढ्नेमा समान मत व्यक्त गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री ओलीले चीनका राज्य परिषद् सदस्य वेइसँग सन् २०१६ मा आफूले गरेको चीन भ्रमणका क्रममा भएको ‘व्यापार र पारवहन सम्झौता’ र अन्य द्विपक्षीय उच्चस्तरीय भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनका क्रममा रहेको अवगत गराए ।
भेटमा सहभागी प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले गत वर्ष नेपालका भएको चिनियाँ राष्ट्रपति सी चीन फिङको ऐतिहासिक र सफल भ्रमणको स्मरण गर्दै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्याएका थिए । यसबीच राष्ट्रपति विद्यादेवी भण्डारीको पनि चीनमा औपचारिक भ्रमण भएको थियो ।
रक्षा मन्त्रालयको कार्यभार सम्हालेका प्रधानमन्त्री ओलीले चीनले नेपालमा दूरसञ्चार, रेल, विद्युत्, आर्थिक र सामाजिक क्षेत्रको पूर्वाधार विकासमा गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे । उनले नेपाल समृद्धिका क्षेत्रमा चीनको विकास र सफलताबाट सिक्न चाहेको पनि बताएका थिए ।
प्रत्युत्तरमा चिनियाँ मन्त्री वेइले नेपालसँग भएका सम्झौताको कार्यान्वयनमा आफ्नातर्फबाट कुनै समस्या नरहेको उल्लेख गर्दै दुवै देश शान्तिका पक्षमा रहेकाले कुनै एक र अर्काे देशसँगको सम्बन्धमा तेस्रो मुलुकको सम्बन्धलाई जोड्न नहुने बताएका थिए ।
सल्लाहकार डा भट्टराईका अनुसार मन्त्री वेइले चीन क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्तिका पक्षमा समेत रहेको स्मरण गराएका थिए । आजै प्रधानसेनापति पूर्णचन्द्र थापासँगको भेटमा आफूहरुले थप सैन्य सहयोग गर्ने विषयमा छलफल गरेको पनि मन्त्री वेइले जानकारी गराएका थिए ।
- ADVERTISEMENT -

‘नेपालसँग भएका सम्झौताको कार्यान्वयनमा कुनै समस्या छैन’

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.07
148.67

European Euro
1
173.54
174.24

UK Pound Sterling
1
199.33
200.14

Swiss Franc
1
187.63
188.39

Australian Dollar
1
104.57
104.99

Canadian Dollar
1
106.98
107.41

Singapore Dollar
1
116.23
116.70

Japanese Yen
10
9.30
9.33

Chinese Yuan
1
21.69
21.77

Saudi Arabian Riyal
1
39.46
39.62

Qatari Riyal
1
40.62
40.78

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
40.31
40.47

Malaysian Ringgit
1
37.34
37.50

South Korean Won
100
9.97
10.01

Swedish Kroner
1
15.98
16.05

Danish Kroner
1
23.23
23.33

Hong Kong Dollar
1
18.91
18.98

Kuwaity Dinar
1
483.26
485.22

Bahrain Dinar
1
392.76
394.35

Omani Rial
1
385.10
386.66












