टोकियो / जापानमा बस्ने सबैलाई सरकारले कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिक रुपमा कोरोनाभाइरसबाट संक्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो ।
नयाँ कानुन अनुसार १२ करोड ६० लाख मानिसलाई कोरोना विरुद्धको खोप लगाउनका लागि दुवै सदनबाट बजेट समेत पारित गरिएको छ ।
सरकारले छ करोड मानिसका लागि औषधी उत्पादक संस्था फाइजरबाट खोप ल्याउने सुनिश्चित गरिसकेको छ भने बाँकी दुई करोड ५० लाख मानिसका लागि अमेरिकी बायोटेक फर्म मोडर्नासँग सम्झौता गरेको छ ।
त्यसैगरी १२ करोड मानिसलाई पुग्नेगरी अस्ट्राजेनिकाको खोप ल्याउने तयारी भएको अधिकारीहरुले जनाएका छन् । फाइजर र मोडर्नाले कोरोना विरुद्धको खोप आपत्कालिन प्रयोगका लागि अमेरिका र युरोपमा यसअघि नै अनुमति मागेका छन् । चिकित्सकीय परिक्षणबाट दुवैको खोप प्रभावकारी पुष्टि भइसकेको छ ।
जापानका प्रधानमन्त्रीले कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि सरकार अत्यधिक संवेदनशील रहेको बताएको दुई हप्तापछि संसदबाट यस्तो कानुन पारित भएको हो ।
तुलनात्मक रुपमा जापानमा कोरोनाभाइरसको महामारी कम देखिएको छ । जापानमा कोरोनाका कारण अहिलेसम्म दुई हजार १०० जनाको मृत्यु भएको छ भने एक लाख ५० हजार संक्रमित भएका छन् ।
त्यसैगरी जापानमा अहिले कहिँ पनि अति कडा लकडाउन लागु गरेको देखिएको छैन । तर पनि महामारी अहिले तेस्रो पटक फैलिएको हो । संक्रमितहरु भेटिने क्रम चलिरहेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

जापान निवासी सबैलाई कोरोनाको खोप निःशुल्कको व्यवस्था

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.39
152.99

European Euro
1
176.06
176.75

UK Pound Sterling
1
206.11
206.92

Swiss Franc
1
187.40
188.13

Australian Dollar
1
107.82
108.24

Canadian Dollar
1
109.72
110.15

Singapore Dollar
1
119.13
119.60

Japanese Yen
10
9.58
9.61

Chinese Yuan
1
22.60
22.69

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.82
41.98

Thai Baht
1
4.60
4.61

UAE Dirham
1
41.49
41.66

Malaysian Ringgit
1
37.30
37.44

South Korean Won
100
10.79
10.83

Swedish Kroner
1
15.98
16.05

Danish Kroner
1
23.55
23.64

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
495.98
497.93

Bahrain Dinar
1
404.21
405.80

Omani Rial
1
395.80
397.36














