२०८२ असार ३, मंगलवार
June 17, 2025
२०८२ असार ३, मंगलवार
June 17, 2025 Tuesday

श्री एयरलाइन्सको ढोका नखुल्दा थुनिए ७० जना यात्रु

प्रकाशित मिति : २०७७ मंसिर १८ गते
- ADVERTISEMENT -

धनगढी / काठमाडौँबाट धनगढी अवतरण भएको श्री एयरलाइन्सको ढोका नखुल्दा ७० जना यात्रु भित्रै थुनिएका छन्।
बिहीबार बिहान ९ बजे २३ मिनेटमा धनगढी विमानस्थलमा अवतरण भएको जहाजको ढोका नखुल्दा ७० यात्रु भित्रै थुनिएको विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले बताए ।
उनीहरुलाई सर्भिस ढोकामार्फत १० मिनेटपछि निकालिएको थियो। प्राविधिक कारण त्यस्तो भएको र पछि ढोका मर्मत गरिएको विमानस्थल प्रमुख बुढथापाले बताए । ‘कहिलेकाँही त्यस्तो प्राविधिक समस्या आउने गर्दछ। मर्मत गरिएपछि ढोका सुचारु भएको छ’ उनले भने।

- ADVERTISEMENT -