चितवन / राष्ट्रवादी नागरिक समाज चितवनले संवैधानिक राजतन्त्र स्थापना तथा संघीयता खारेजीको माग गर्दै चितवनमा आयोजित बृहत प्रदर्शन भएको छ । मध्यान्ह १ बजे भरतपुरको केन्द्रीय बस टर्मिनलबाट सुरु भएको ¥याली हाकिमचोक–चौबीसकोठी– वीरेन्द्र क्याम्पसचोक – लायन्सचोक – शहिदचोक – पुलचोक –पोखराबसपार्क –आँपटारी हुदैँ पुनः केन्द्रीय बस टर्मिनलमा गएर समापन भएको थियो ।
‘राजा आऊ देश बचाऊ’ भन्ने नारा लगाउँदै हजारौंको संख्यामा उनीहरुले ¥याली निकालेका हुन् । ¥यालीमा सहभागीले पञ्चायत र बहुदलकालीन राष्ट्रियगान ‘श्रीमान् गम्भीर नेपाली’, ‘हिमाल झैं अटल यो’ जस्ता गीत गाएका थिए ।
राष्ट्रवादी नागरिक समाज चितवनले युवाहरुको राजसंस्था प्रतिको मोहलाई मध्यनजर गर्दै देशव्यापी एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले ¥यालीको आयोजना गरेको हो । प्रदर्शनमा युवाहरुले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्ने नारा लगाएका थिए ।
यस्तै राजतन्त्रको पक्षमा काठमाडौंमा पनि प्रदर्शन भएको छ । शनिबार दिउँसो हिन्दु राष्ट्र र राजतन्त्र पुनर्वहालीको माग गर्दै राजावादीहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले राष्ट्रिय झण्डा, पृथ्वीनारायण शाहको तस्बिर, विभिन्न नारा अंकित ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।
केही दिनअघि मात्रै जिल्ला प्रशासन कार्यालय, काठमाडौँले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै धर्ना, जुलुस, प्रदर्शन जस्ता गतिविधि रोक्न आग्रह गरेको थियो । अनुरोधलाई बेवास्ता गर्दै आज माइतीघरबाट नयाँ वानेश्वरसम्म प्रदर्शन गरिएको छ ।
पछिल्लोसमय सरकारको चर्को विरोध गर्दै राजावादीहरुले मुलुकका विभिन्न स्थानमा प्रदर्शन गरी राजसंस्थाको पुनःस्थापनाको माग गरिरहेका छन् ।
December 5, 2020
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -