२०८३ भाद्र २, मंगलवार
August 18, 2026
२०८३ भाद्र २, मंगलवार
August 18, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

१३औं वार्षिकोत्सवको सिद्धि विनायकलाई शुभकामना

प्रकाशित मिति : २०७७ मंसिर २१ गते

विगत १३ वर्षदेखि यस सिद्धि विनायक साकोस निरन्तर आफ्नै रफ्तारमा छ । संस्थाको स्थापना कालदेखि आजसम्म आइपुग्दा कहिल्यै फर्केर हेर्नुपर्ने अवस्था आएन । यसरी अघि बढ्दै गर्दा तपाई हामी सबै गौरवान्वित हुनु स्वाभाविक हो । निश्चित समयमा सही निर्णय गर्न सक्ने संचालक समिति, इमान्दार शेयर सदस्य, कर्मठ कर्मचारी लगायत संस्थाहितका लागि सल्लाह, सुझाव दिनुहुने शुभचिन्तकहरुको उपज आजको प्रतिफल हो । हिजोको त्यो लायन्सचोकबाट सुरु भएको कहालीलाग्दो इतिहासबाट आजको वर्तमान अवस्थासम्म आइपुग्दा संस्थामा आवद्ध अधिकांश शेयर सदस्यहरुको भविष्य निकै उज्ज्वलमय भएको छ ।
लायन्सचोकको सानो ठाउँमा केही वर्ष संचालन भएपश्चात आज भरतपुर महानगरपालिका वडा नं. २, क्षेत्रपुरसम्म आइपुग्दा निकै फड्को मारेको छ । हिजो हजारौंका लागि आशा गर्ने संस्थामा अहिले लाखौं सहजै प्रदान गर्न सक्ने खुबी भएको छ यस संस्थाको । अनेक प्रकारका आरोह, अवरोहहरु पार गर्दै सिद्धि विनायकले आज १३औं वार्षिक साधारण–सभा मनाइरहेको छ । यो सबैको लागि खुशीको पल हो, गौरवको विषय हो ।
बैंकिङ क्षेत्रमा प्रविधिको विकासक्रमसँगै यस संस्थाले पनि हाल मोबाइल बैंकिङ र एसएमएस सेवा संचालन गरेको छ । यसबाट प्रत्येक शेयर सदस्यहरुलाई सेवा, सुविधा थप प्रदान गरेको महसुस हुन्छ र हाल संचालनमा भएको मोबाइल बैंकिङलाई थप परिस्कृत गर्ने सूचना जानकारी भएको छ । संस्थाले जसरी भए पनि आफ्ना शेयर सदस्यहरुलाई दिने सेवा सुविधामा कुनै कसर नछोडेको हो कि भन्ने आभास हुन्छ । संस्थाको यो दुरगामी सोचले प्रत्येक शेयर सदस्यहरु नै लाभान्वित हुने पक्का देखिएको छ । निकट भविष्यमा संस्थाले संस्थाकै भवन निर्माणको लागि जग्गा खरिद गर्ने योजना रहेको छ भने भविष्यमा आफ्नै भवनबाट सेवा संचालन गर्ने लक्ष्य लिएको छ । यी सबै जानकारी हुँदै गर्दा तपाई हामी सबैलाई खुशी र सुखद् पलको अनुभूत हुन्छ ।
थोरै इतिहास पल्टाउने हो भने आजभन्दा करिब १३ वर्ष अगाडि ४१ जना शेयर सदस्यहरुबाट सुरुवात भएको यस सिद्धि विनायक साकोस हाल १४४० जना पुगेको छ । विधिवत रुपमा २०६५ साल जेठ २९ गते सहकारी ऐन २०४८ अनुसार औपचारिक रुपमा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरमा दर्ता भएको हो । संस्था स्थापना कालदेखि नै समुदायमा आधारित सहकारीका रुपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ ।
संस्थाले हरेक वर्ष विभिन्न गतिविधिहरु महिला क्षमता अभिवृद्धि तालिम, जनचेतनामूलक गोष्ठी, सहकारी अध्ययन अवलोकन भ्रमण, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, वृद्धवृद्धाहरुलाई भोजन तथा सम्मान, वातावरण सरसफाइ अभियान कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । विभिन्न किसिमका सामाजिक कार्यहरु गणेशधाम निर्माणार्थ सहयोग, गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणार्थ सहयोग लगायत यस्ता सामाजिक कार्यहरुमा सहभागिता भएको गतिविधिले संस्थाको पहिचानमा थप वृद्धि विकास भएको छ ।
हाल विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण संस्थाको गतिविधिमा थोरै भएपनि आँच आएको तपाई हामी सबैलाई जानकारी भएकै विषय हो । जस्तोसुकै कठिन परिस्थितिमा पनि नडगमगाइकन अघि बढ्ने क्षमता रहेको संस्थाको कार्यविधिले प्रष्ट पारेको
छ । हालको विषम परिस्थितिसँग जुध्दै आजको १३औं साधारण सभासम्म आइपुग्दा निकै उत्साह, उमंग, अझ बढी केही गर्नुपर्छ भन्ने एउटा फरकपना मनैदेखि उब्जिरहेको महसुस भएको छ । पक्कै पनि आजको दिन साधारण सभा मात्र नभएर हामी सहकारी साथीहरुको लागि एक पर्व पनि मान्नुपर्छ । जुन पर्व हामीले भव्यतासाथ मनाउनु पर्ने हो तर बिडम्बना आज हामी नचाहँदा नचाहँदै पनि कोरोना कहरका कारण छुट्टाछुट्टै ढंगबाट मनाउन बाध्य छौं ।
विगतका वर्षहरुमा सबै एकै थलोमा साधारण सभा मनाएको इतिहास ताजै छ । तर आज १३औं साधारण सभालाई नेपाल सरकारको कोरोना नियन्त्रण तथा रोकथामको नीति र आदेशको पालना गर्दै स्वास्थ्यसम्बन्धी मापदण्डलाई विशेष ध्यान दिँदै मनाइरहेका छौं । विश्व नै आतंकित भएको यो क्षणमा हाल जुनसुकै क्षेत्र पनि प्रभावित भएको छ । जसकारण विशेष स्वास्थ्यसम्बन्धी मापदण्डलाई मध्यनजर गरी संस्थाले पाँच दिन लगाएर १३औं साधारण सभा मनाइरहेको छ ।
अन्तमा, यसै संस्थाका सम्पूर्ण पदाधिकारीहरुज्यू, शेयर सदस्य मित्रहरु सबैसबैमा १३औं साधारण सभाको शुभकामना व्यक्त गर्न चाहन्छु । सम्पूर्णमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायू एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दै सिद्धि विनायक साकोस अझ उत्कृष्ट साकोस बन्दै जाओस्, सफलताको शिखर चुमोस् भन्दै फेरि पनि १३औं वार्षिक साधारण–सभाको सबैसबैमा धेरै–धेरै शुभकामना व्यक्त गर्न चाहन्छु ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.67
153.27
European Euro
1
177.03
177.72
UK Pound Sterling
1
207.00
207.81
Swiss Franc
1
188.55
189.29
Australian Dollar
1
108.78
109.20
Canadian Dollar
1
110.17
110.60
Singapore Dollar
1
119.64
120.11
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.66
22.75
Saudi Arabian Riyal
1
40.66
40.82
Qatari Riyal
1
41.88
42.05
Thai Baht
1
4.63
4.64
UAE Dirham
1
41.57
41.73
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
10.81
10.85
Swedish Kroner
1
16.10
16.16
Danish Kroner
1
23.68
23.77
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
497.22
499.17
Bahrain Dinar
1
404.95
406.54
Omani Rial
1
396.53
398.09