June 14, 2024

पिसिआर परीक्षणको नक्कली रिपोर्ट देखाएर बिमा दावी : बीमा समिति

December 6, 2020

काठमाडौ / कोरोना बीमाको दाबी रकम भुक्तानीका लागि संक्रमितले नक्कली पीसीआर रिपोर्ट पेश गर्ने गरेको बीमा समितिले जनाएको छ । कोरोना बीमा रकम भुक्तानीका लागि संक्रमितले अनिवार्य प्रष्ट भिडियो र फोटो देखाउनुपर्ने समितिले जनाएको छ ।
संक्रमितले पीसीआर परीक्षण गर्दा सम्बन्धित व्यक्तिको फेस आइडीसँगै भिडियो देखाउनुपर्ने समितिले जनाएको छ । हालसम्म कोरोना बीमा भुक्तानीका लागि ३३ हजार बिमितको दाबी परेको छ । सो मध्ये ५ हजार बिमितहरुले दाबी भुक्तानी पाइसकेका छन् ।
करिब ७ सय जनाले पीसीआर परीक्षण गरेको नक्कली प्रमाण देखाएर रकम भुक्तानी लिएको समितिका एक कर्मचारीले जानकारी दिए । शंकास्पद र नक्कली रिपोर्टबारे समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अनुसन्धान गरिरहेको उनको भनाइ छ ।
समितिले कोरोना बीमा दु्रतगतिमा भुक्तानी गर्ने नक्कली पीसीआरका रिपोर्टका कारण समस्या भइरहेको जनाएको छ । शंकास्पद संक्रमितलाई अनुसन्धान गरेर मात्र भुक्तानी गर्ने समितिले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -