June 24, 2024

मुग्लिन–नारायणगढ सवारी दुर्घटना, ४ को अवस्था गम्भीर

December 7, 2020

चितवन / मुग्लिन–नारायणगढ सडकखण्ड अन्तरगत चितवनको भ.म.न.पा. २९ भोर्लेमा सवारी दुर्घटनामा भएको छ । उक्त सवारी दुर्घटनामा बस र भारतीय ट्रक ठक्कर खाँदा ४ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटना आज (सोमबार) बिहान करिब ६ बजे धरानबाट काठमाण्डौ आउदै गरेको ना ४ ख ८०६० नम्बरको बस र विपरित दिशाबाट जादै गरेको एनएल०१क्यू ३६९४ को भारतीय ट्रकसँग ठक्कर खाएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा बसमा सवार १० जनाभन्दा बढी घाइते भएको जानकारी दिए । घाइतेहरुको उपचारको लागि मेडिकल कलेज भरतपुर पठाइएको छ भने दुर्घटनापछि अबरुद्ध बन्न पुगेको मुग्लिन नारायणगढ सडक खण्ड खुलाउने प्रयास भइरहेको प्रहरीले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -