काठमाडौं / पार्टीभित्रको विवाद उत्कर्षमा पुगेसँगै सचिवालयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन स्थायी समिति बैठकमा पेस भएको छ ।
दुवै अध्यक्षको प्रतिवेदन अध्ययन गर्न स्थायी समिति सदस्यलाई सात दिनको समय दिएर शीर्ष तहमा भने सहमतिको खोजी शुरु भएको छ ।
दोस्रो तहका नेताहरु पार्टीभित्र जारी आन्तरिक विवाद समाधान गर्न अध्यक्ष ओली–प्रचण्डबीचमा संवाद गराउने गृहकार्यमा जुटेका छन् । प्रतिवेदन अध्ययन गर्न सात दिनको समय दिएर यसबीचमा सहमतिको प्रयास अगाडि बढेको छ ।
स्थायी समिति बैठकमा अध्यक्ष ओली सहभागी नभए पनि पत्रमार्फत बैठकलाई सम्बोधन गरेसँगै बैठकले वैधानिकता पाइसकेको छ । यही मंसिर २८ गतेबाट स्थायी समिति बैठकमा नेताहरुले आ–आफ्नो धारणा राख्ने क्रम शुरु हुनेछ ।
नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेल पार्टीभित्र देखापरेको समस्या समाधान हुने बताउनुहुन्छ । स्थायी समितिको बैठकमा बहुमत सदस्यहरुको भनाइलाई आधार बनाएर निष्कर्ष निकालिने बताउँदै उहाँले विवाद समाधानका लागि बैठकले निर्णायक भूमिका निर्वाह गर्ने बताउनुभयो ।
सोमबार मात्र देवेन्द्र पौडेलसहितका नेताहरुले शीर्ष नेताहरुसँग भेटवार्ता गरेर जारी विवादको निकास निकाल्न भूमिका खेल्न आग्रह गरेका छन् ।
स्थायी समिति बैठकलाई सम्बोधन गर्दै लेखेको पत्रमा अध्यक्ष ओलीले गत भदौ २६ गते स्थायी समिति बैठकले गरेको निर्णय कार्यान्वयन गरेर जान आफू तयार रहेको दोहो¥याउनुभएको छ ।
तर उक्त निर्णय कार्यान्वयन नभएकै कारण पार्टीभित्र समस्या एकपछि अर्को गर्दै थपिँदै गएको स्थायी समितिका सदस्यहरुलाई प्रचण्डले जानकारी गराउनुभएको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

नेकपा बैठकभित्र प्रतिवेदन पढ्न दिएर सहमतिको खोजी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.98
154.58

European Euro
1
173.17
173.84

UK Pound Sterling
1
203.95
204.75

Swiss Franc
1
185.24
185.96

Australian Dollar
1
107.32
107.74

Canadian Dollar
1
107.91
108.33

Singapore Dollar
1
120.44
120.91

Japanese Yen
10
9.73
9.77

Chinese Yuan
1
22.97
23.06

Saudi Arabian Riyal
1
41.02
41.18

Qatari Riyal
1
42.24
42.41

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.93
42.09

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
11.50
11.55

Swedish Kroner
1
15.39
15.45

Danish Kroner
1
23.17
23.26

Hong Kong Dollar
1
19.62
19.70

Kuwaity Dinar
1
499.69
501.64

Bahrain Dinar
1
408.41
410.00

Omani Rial
1
399.95
401.51













