काठमाडौँ / प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सर्वदलीय बैठक सम्पन्न भएको छ । मंगलबार वालुवाटारमा करिब तीन घण्टा चलेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समयमा देशभर भइरहेका संविधानविरोधी र हिंसात्मक गतिविधिको विरोधमा जुट्न सबै दल एक हुनुपर्ने बताएका छन् ।
बैठकको सुरूमै सहभागीहरूलाई स्वागत गर्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ को नियन्त्रण, प्राप्त उपलब्धिहरुको रक्षा, संबिधान विरोधी र हिंसात्मक गतिविधिहरूको विरोधमा एकजुट हुन आग्रह गरेका हुन् ।
संघीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको मंगलबारको बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका प्रमुख र प्रतिनिधिको सहभागिता थियो ।
प्रम ओलीद्वारा संविधान विरोधी गतिविधिहरूको विरुद्धमा एकजुट हुन आग्रह
December 8, 2020
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -