July 25, 2024
- ADVERTISEMENT -

नेकपाको बैठक आज बस्दै, प्रधानमन्त्री ओली पनि सहभागी हुने

December 13, 2020
सांकेतिक तस्बिर ।

काठमाडौँ / सत्तारुढ नेकपाका स्थायी कमिटीको बैठक आज आइतबार बस्दैछ । स्रोतका अनुसार बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने बताइएको छ ।
मंसिर २१ गते पार्टी कार्यालय धुम्बाराहीमा भएको बैठकमा प्रधानमन्त्री ओलीले पत्रमार्फत सहभागीता जनाएका थिए ।
पछिल्लो दिनहरुमा पार्टीभित्रको विवाद समाधानका लागि विभिन्न प्रयासहरु भइरहेका छन् । पटक पटक छलफल भएपनि कुनै ठोस निष्कर्ष निस्कन सकेको छैन । आजको बैठकमा पनि समाधानका सम्भावनाहरुबारे छलफल हुन सक्ने अनुमान लगाइएको छ ।

- ADVERTISEMENT -