February 6, 2025
- ADVERTISEMENT -

नेपाल चलचित्र संघको हल सञ्चालन गर्ने घोषणा

December 15, 2020

काठमाडौं / नेपाल चलचित्र संघले पुस १० गतेदेखि हल सञ्चालन गर्ने घोषणा गरेको छ । सरकारले फिल्म हलबारे नसोचेको भन्दै कोरोना महामारीका कारण बन्द रहेका फिल्म हलहरु पुस १० देखि सञ्चालन गर्ने संघले जनाएको छ ।
सोमबार संघले एक विज्ञप्ति जारी गर्दै होटल, रेष्टुरेन्टलगायतका सबै व्यवसाय खोलिएको तर फिल्म हलतर्फ कुनै चासो नदेखाएकोले अब कुनै पनि हालतमा सञ्चालन गर्ने जनाइएको छ ।
त्यस्तै, संघले सरकारसँग विज्ञप्ति मार्फत ९ वटा मागहरु पनि राखेका छन् । ९ महिनासम्म पनि सरकार फिल्म हलका बारेमा मौन बसेकोले अब जे परे पनि खोल्ने निर्णयमा पुगेको संघले जनाएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -