निर्वाचन २५ दिन बाँकी
२०८२ माघ २६, सोमबार
February 9, 2026
२०८२ माघ २६, सोमबार
February 9, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काभ्रेमा ५५ लाख बढीको सुन चोर्ने ५ जना पक्राउ

प्रकाशित मिति : २०७७ मंसिर ३० गते
प्रहरीद्वारा बरामद गरिएका गहनाहरु ।
- ADVERTISEMENT -

धुलिखेल / काभ्रे जिल्ला पाँचखाल नगरपालिका वडा नं. २ मा ५४ लाख ५३ हजार बराबरको सुन चोर्ने ५ जना पक्राउ परेका छन् । सोही वडामा स्थानीयवासी गुन्जमान तामाङको घरमा मंसिर २७ गते उनीहरुले सुनको विभिन्न प्रकारको गहनाहरु चोरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रवक्ता डिएसपी कुमार विक्रम थापाका अनुसार पक्राउ पर्नेहरुमा धुलिखेल नगरपालिका वडा नं. १ घर भई हाल काठमाडौं–६ बस्ने बर्ष १९ को राजन तामाङ, धुलिखेल नगरपालिका वडा नं. ७ घर भई हाल काठमाडौं–६ बस्ने बर्ष १८ को गोय बहादुर तामाङ, धुलिखेल नगरपालिका वडा नं. १ घर भई हाल काठमाडौं–६ बस्ने बर्ष २३ को राम तामाङ, ओखलढुङ्गा जिल्ल सिद्धिचरण नगरपालिका वडा नं. ५ घर भई हाल काठमाडौं–६ बस्ने बर्ष २७ को देबराज दाहाल, सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं. ११ घर भई हाल काठमाडौं–११ बस्ने बर्ष २४ को रामचन्द्र चालिसे रहेका छन् ।
तामाङको परिवार सबैजना छिमेकी आफन्तको विवाहमा घरको ढोका बन्द गरी गएको मौक छोपी चोरेको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रवक्ता डिएसपी थापाले जानकारी दिए ।
‘बिवाह कार्यक्रम पश्चात बुहारी सिता तामाङ्ग घरमा आई ढोका खोली हेर्दा एक तला माथि माईली तामाङ (सासु) सुत्ने कोठाको ढोकाको ताला फोडीएको अवस्थामा रहेको रहेछ ।’ डिएसपि थापाले भने, ‘तत्काल अन्य परिवार समेतलाई खवर गरी सबैजना भई हेर्दा सो कोठाभित्र रहेको काठको दराजको सिसा फोडी सो भित्र छुट्टाछुट्टै प्याकिङ गरी राखेको सुनको विभिन्न साईज र परिमाणका गरगहनाहरु अन्दाजी ५४ लाख ५३ हजार रुपैयाँ बराबरको सुन र नगद समेत चोरी भएको भन्ने व्यहोराको सूचना पाए पश्चात हामीले अनुसन्धान गरेका थियौं ।’
घट्ना घट्ने वित्तिकै जिल्ला प्रहरी कार्यालय, काभ्रेबाट डिएसपी थापाको कमाण्डमा टोली परिचालन भएको थियो । अनुसन्धानको क्रममा धुलिखेल नगरपालिका वडा नं. १ घर हुने राजन तामाङ लगायत अन्य २।३ जना मानिसहरु दिनको समयमा घर वरिपरी आएको भन्ने बुझिन आएको खुलेको थियो । चोरीमा संलग्न तामाङ गत मंसिर २७ गते रातको समयमा काठमाण्डौ जिल्ला ठमेल स्थित ड्रयागन डान्सबारबाट पक्राउ गरेको थियो ।
पक्राउमा परेका मानिसहरु उपर पीडितबाट मुलुकी अपराध संहित २०७४ को परिच्छेद २० को चोरी तथा डाँका सम्बन्धी कसूर शिर्षकमा रित पुर्वक जाहेरी दरखास्त लिई दर्ता गरी आज जिल्ला अदालत, काभ्रेमा पेश गरी म्याद थप अनुमती लिई यस कार्यालयको न्यायिक हिरासत कक्षमा राखि थप अनुसन्धान कार्य भईरहेको डिएसपी थापाले जानकारी दिए ।
के–के बरामत भयो ?
प्रहरीका अनुसार उनीहरुको साथबाट सुनको बाला थान–३, बेरुवा बाला थान–१, जन्तर थान–१, चन्द्रमा थान–२ हार थान–२, बेरुवा रिङ्ग थान–४, चुरा थान–२, औंठी थान–३, मंगलसुत्र थान–५, ३ वटा दाना जोडिएको टुक्राहरु थान–५ गरी जम्मा परिमाण ४४७।८२ ग्राम बरामत भएको छ । साथै यूएसए डलर २००१, नेपाली रुपैयाँ रु. १५५०।– रहेको छ । –तेमाल अनलाइनबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.76
145.36
European Euro
1
170.70
171.41
UK Pound Sterling
1
196.72
197.54
Swiss Franc
1
186.09
186.86
Australian Dollar
1
101.01
101.43
Canadian Dollar
1
105.78
106.22
Singapore Dollar
1
113.68
114.16
Japanese Yen
10
9.22
9.26
Chinese Yuan
1
20.86
20.95
Saudi Arabian Riyal
1
38.60
38.76
Qatari Riyal
1
39.61
39.77
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
39.41
39.58
Malaysian Ringgit
1
36.67
36.82
South Korean Won
100
9.87
9.91
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
22.86
22.95
Hong Kong Dollar
1
18.52
18.60
Kuwaity Dinar
1
473.69
475.65
Bahrain Dinar
1
383.97
385.56
Omani Rial
1
376.02
377.58