चितवन / चितवन राष्ट्रिय निकुञ्जले सात जना पक्राउ गरेका छन् । निकुञ्जको घैलाघारी मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट चित्तल मारेर बस्तीमा लगेर काटेर खाँदै गरेको अवस्थामा सोमबार राति निकुञ्ज र सेनाको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका वडा नं. २३ बस्ने ४९ वर्षिय शुकबहादुर दरै, ४२ वर्षिय चन्द्रप्रसाद दरै, २८ वर्षिय दिपक दरै, सन्तकुमार दरै, ६० बर्षिय बुद्धिबहादुर दरै, २८ वर्षिया सुकमाया दरै र ५० वर्षिया शान्ति दरै रहेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।
उनीहरुको साथबाट ३० किलो चित्तलको मासु, तीन वटा डेक्ची, एउटा कराही, दुई वटा स्टिलको बाटा, एउटा स्टिलको बाबल, एउटा अचानो, एउटा खुँडा, एक थान मासु सुकाउने जाली र दुई वटा प्लाष्टिकका बोरा समेत बरामद गरिएको छ ।
चित्तल मारेर खाने सातजना निकुन्जको नियन्त्रणमा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
