May 20, 2024

गैंडाकोटमा राजा महेन्द्रको सम्झनामा दीप प्रज्वलन

December 17, 2020

गैँडाकोट / राष्ट्रिय सरोकार मञ्च नेपालले बुधबार गैँडाकोटको काँग्रेसचोकमा दीप प्रज्वलन गरी स्वर्गीय राजा महेन्द्रको १००औँ जन्मोत्सवको सम्झना गरेको संयोजक सन्तोष अधिकारीले जानकारी दिए । सदाका वर्षमा जस्तै गरी यो वर्ष पनि कार्यक्रम गरी महेन्द्रको सम्झना गरिएको उनले बताए ।
कार्यक्रममा गोवर्धन अधिकारी, जीवलाल कडेँल, शालिकराम खरेल, शाही शक्ति नेपाल चितवनका संयोजक विपिन तण्डुलकार, राष्ट्रवादी चितवन समाजका मूल संयोजक सलाहुदिन मिया, राष्ट्रवादी समाज नारायणगढ चितवनका राजु शाह, देवराज तिमिल्सेना, भानु तिमिल्सेना, मदन भण्डारीलगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -