२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

‘अब वामदेव गौतमलाई प्रधानमन्त्री बनाऔँ’ – प्रम ओली

प्रकाशित मिति : २०७७ पुष २ गते
- ADVERTISEMENT -

काठमाडौं / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पछिल्ला केही महिना यता जब विवाद बढ्दै जान्छ, नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग हुन थाल्छ । उनले कम्तिमा पनि एक पदबाट राजीनामा दिनु पर्ने माग उनकै पार्टीका नेताहरुले उठाउने गरेका छन् ।
अनि यसरी आफ्नो राजीनामाको माग गर्न थालिएपछि ओलीले नयाँ अस्त्र नेकपामा फाल्छन् । त्यो हो– नेकपा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने । बुधबारको स्थायी कमिटी बैैठकमा पनि ओलीले वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् । बैैठकमा सहभागी एक स्थायी कमिटी सदस्यका अनुसार ओलीले आफूले राजीनामा दिनै पर्ने भए अब वामदेव गौतमलाई प्रधानमन्त्री बनाउनु पर्ने प्रस्ताव अगाडि सारेका हुुन् ।
‘हाम्रो तहका सबैजना प्रधानमन्त्री भइसकेका छौँ,’ बैठकमा ओलीले भनेका कुरालाई ती सदस्यले उद्धृत गरे, ‘अब बनाउने नै हो भने उपाध्यक्षलाई प्रधानमन्त्री बनाऔँ ।’ ओलीले अहिलेको अवस्थामा पार्टी एकता जोगाउन महत्वपूर्ण भएको पनि बैठकमा भनेको ती नेताले बताएका छन् ।

- ADVERTISEMENT -