January 15, 2025
- ADVERTISEMENT -

तमु प्ये ल्हु संघ चितवनले पुस ११ गते ल्होसार मनाउँदै

December 18, 2020
सांकेतिक तस्बिर ।

चितवन / गुरुङहरुको धार्मिक संस्था तमु प्ये ल्हु संघ चितवनले यस वर्षको तमु ल्होसार नारायणी नदि किनारमा मनाउने भएको छ । विविध साँस्कृतिक कार्यक्रम सहित यही पुस ११ गते शनिबारका दिन नारायणी नदि किनारमा तमु ल्होसार मनाउन लागिएको संघका सचिव विक्रम गुरुङले जानकारी दिए ।
सचिव गुरुङका अनुसार यही पुस ११ गते नारायणी नदी किनारमा आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विविध साँस्कृतिक कार्यक्रम सहित जिल्लास्तरीय रुपमा मनाइने भएकोहो । कार्यक्रममा संघको २२ वटा इकाई समितिको समेत प्रतिनिधित्व गराई ल्होसार मनाईने उनले बताए ।
कार्यक्रमका लागि संघले सम्बन्धित सबैलाई पत्राचार गर्न सुरु गरिसकिएको छ भने यस्तै यसपालीको तमु ल्होसार फरक किसिमले मनाउने तयारी गरिरहेको उनको भनाइ छ । जस अनुसार आगामी वर्ष हुन लागेको राष्ट्रिय जनगणनालाई मध्यनजर गर्दै धर्मको महलमा तमुहरुको मौलिक धर्म वोन लेखौ भन्ने अभियानलाई तमु ल्होसारमा समेत निरन्तरता दिइने बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -