२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025
२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025 Friday

विना दर्ता सञ्चालित चितवन मुटु अस्पताल बन्द गर्न निर्देशन

प्रकाशित मिति : २०७७ पुष ४ गते
Photo : click khabar
- ADVERTISEMENT -

चितवन / दर्ता नगरी सञ्चालन भएको भरतपुरको चितवन मुटु अस्पताल बन्द गर्न स्थानीय प्रशासन र स्वास्थ्य कार्यालय चितवनले निर्देशन दिएको छ । सो अस्पताल दर्ता नगरी सञ्चालन भएको भन्ने समाचार शुक्रबार विहान प्रकाशित भएपछि प्रशासनको ध्यानाकर्षण भएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले समाचार हेरेपछि स्वास्थ्य कार्यालय चितवनलाई तत्काल बुझेर आवश्यक प्रक्रिया अगाडि बढाउन जानकारी दिएका थिए । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले अस्पताल दर्ता भई नसकेकाले सेवा सञ्चालन नगर्न निर्देशन दिइएको बताए । उनका अनुसार अस्पताललाई तत्काल बन्द गर्न लगाई स्पष्टीकरण सोधिएको छ । तीन दिन भित्र लिखित स्पष्टीकरण दिन भनिएको उनले जानकारी दिए ।
स्वास्थ्य कार्यालयले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर कारवाही प्रक्रिया अगाडि बढाएको हो । सो अस्पतालले दर्ताको प्रक्रिया अगाडि बढाएको भए पनि बल मिच्याई गरेर बिरामी उपचार गर्दै आएको थियो । मंसिर पहिलो साताबाट बिरामी उपचार गर्दै आएको सो अस्पतालले शुरुमा मुटु रोगको विशेषज्ञ अस्पताल बनाउने भनि प्रचार गरेको भए पनि अहिले २५ शैयाको जनरल अस्पताल सञ्चालनको लागि अनुमती माग गरेको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशमा उक्त अस्पतालको अनुमति प्रक्रियामा रहेको छ ।
अस्पतालका अध्यक्ष डा. शंकर लौडारीले दर्ताको प्रक्रियामा रहेको र मौखिक रुपमा सञ्चालनको अनुमति पाएपछि अस्पताल सञ्चालनमा आएको स्वीकारे । उनले सबै सेवा सञ्चालन गरी नसकेको बताए ।

- ADVERTISEMENT -